ग्राहकलाई जेसिबीको मुख्य प्लान्ट भ्रमणः हेभी ‘इक्विुपमेन्ट’को अवलोकन

कसरी जेसिबी मेसिन पार्टस तयार पार्ने बारेमा निरीक्षण
निर्माण सञ्चार, काठमाडौँ | नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुर्नस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ ।

भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गरेका थिए ।

पुनस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर रहेको जेसिबेले बताएको छ । त्यहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्ने गरेको बताइएको छ ।

वातावरणमैत्री यो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको पनि उत्पादन गरिन्छ । यहाँ उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र नभएर अन्य ६५ मुलुकमा विक्रीवितरण हुने गर्छ ।

भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ, भन्ने निरीक्षण गरेका थिए ।

भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्ट र बेलायतको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए ।

उनीहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको बताए । ‘प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेँ ।

यहाँको प्रविधि देखेर नेपालमा प्रयोग गरिएका जेसीबी मेसिनमाथि झनै विश्वास बढेको छ ।

‘मलाई खुसी लागेको छ कि मैले जेसीबीलाई रोजेँ ।

अरुलाई पनि जेसीबीकै मेसिन प्रयोग गर्न म सुझाव दिनेछु,’ जेसीबी २२० एलसी एक्स्ट्रा प्रयोग गर्ने सुदराज जोशीले भने, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो, यो दुर्लभ मौका दिएकोमा एमएडब्लुलाई धन्यवाद दिन चाहन्छु ।’

जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये रहेको जोशीले बताए । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् ।

जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ ।

हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ ।

...

बिहिबार, १५ चैत २०७४ 

प्रतिक्रिया

Related