दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी विषयक गोष्ठी सम्पन्न

निर्माण सञ्चार, काठमाडौं । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघले मंगलबार राजधानीमा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका मन्त्री चक्रपाणी खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा देशै भरका ७ प्रदेशका उत्कृष्ट सहकारीलाई ‘सहकारी व्यवसाय पुरस्कार २०७४’ द्वारा सम्मान समेत गरिएको थियो ।

उल्लेख्य सहकारीकर्मीको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले सहकारीको भूमिका संघीय संरचनामा अझ बढी हुने हुनाले सहकारीकर्मीले अब उत्पादनमूलक कार्यमा पनि जोड दिनुपर्ने बताए ।

उनले कार्यक्रममा नेपालको तीन खम्बे अर्थनीतिमा सहकारीको महत्वपूर्ण भूमिका रहेको र नेपालको अर्थतन्त्रलाई स्थायित्व दिने माध्यम पनि सहकारी नै भएकोले अब सम्पूर्ण सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा कार्यक्रमका सभापति तथा महासंघका अध्यक्ष केशवप्रसाद बडालले प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।

...

बुधबार २१, चैत्र ०७४

प्रतिक्रिया

Related