बहुचर्चित मंगलसेन दरबारः जनयुद्धमा माओवादीको निशाना, यतिबेला अख्तियारको

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाही, राजनीतिक संरक्षण
निर्माण सञ्चार, अछाम | पर्यटकीय स्थल तथा ऐतिहासिक धरोहरका रुपमा लिइएको अछाम जिल्लाको मंगलसेन दरबार वर्षौदेखि अलपत्र अवस्थामा रहेको छ ।

जनयुद्धमा माओवादीको निसानामा परेको यो दरबार हालसम्म पुर्ननिर्माण हुन सकेको छैन । मंगलसेन दरबार अझै नबन्नुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कमजोरी रहेको बताइएको छ ।

दरबारमा हिनामिना भएपछि अख्तियार दुरुपयोग आयोगमा मुद्दा परेको थियो । तर, यो मुद्दाको कुनै सुनुवाइ नभएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहोराले बताए ।

पटक–पटक दरबारको बारेमा आवाज उठाए पनि वेवास्ता गरिएको बोहोराले जानकारी दिए ।

उनले भने ‘दिनभरि करायो दक्षिण हरायो भने जस्तै भएको छ ।’ ‘म कराई रहेको छु आवाज उठाई रहेको छु तर मेरो कुरा कसैले सन्दै सनेनन् ।’

काग कराई रहन्छ पिना सुक्दै रहन्छ भनेझैँ मंगलसेन दरबार कथा बनेको उनको गुनासो छ ।

बोहोराले भने ‘मंगलसेन नगरपालिको प्रमुखमा विजयी भएलगत्तै ठेकेदार कम्पनीसँग छलफल भएको थियो, कम्पनीले मलाई नयाँ वर्षमा निर्माण कार्य सम्पन्न हुने बताएपछि दरबारको बारेमा चासो राख्ने सबैलाई वैशाखमा उद्घाटन हुन्छ समेत भने ।’

‘निर्माण जिम्मा लिएको कम्पनीले म संग झुटो बोलेर मेरोे बदनाम गराउन खोजेको देखियो’, उनले भने ।

अछाममा निर्माणकार्यमा चरम लापरवाही गरिरहेका ठेकेदार कम्पनीलाई राजनीतिक संरक्षण रहेकाले आफुले चाहेर पनि केही गर्न नसकेको उनको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय अछामले पनि मंगलसेन दरबारको बारेमा शहरी विकाश डिभिजन कार्यालय दिपायल राजपुरलाई बारम्बार ताकेता गरेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भने ‘कि अछाम मंगलसेन दरबारको काम पुरा गर्नु पर्यो की निर्माण कम्पनीलाई कालो सुचिमा राख्नु पर्यो भनेका छौँ ।’

निर्माण कम्पनीले भने दरबार निर्माणमा विभिन्न बाहाना बनाईरहेको छ ।

पहिले दरबार निर्माणका लागि सामाग्रीको अभाव भएता पनि अहिले कुनै सामाग्रीको अभाव नभएको समेत प्रजिअ चौधरीले जानकारी दिए ।

निर्माण कम्पनीको आयोगमा मद्दा परेको भएता पनि सुनुवाई नभएको प्रजिअ चौधरीको भनाई छ ।

दरबार नबन्नुमा मंगलसेन नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय जिम्मेवारीबाट पन्छिन खोजेको स्थानीय सिद्धराज ढुंगानाले जानकारी दिए ।

दरबार नबन्नुमा विभिन्न निकायका कमजोरी भएता पनि मुख्य जिम्मेवारी हुनुपर्ने मंगलसेन नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले नै नसुनेझैँ गरिरहेको छ ।

सोहीकारण अछाम मंगलसेन दरबार नबन्नुमा अख्तियार दुरुपयोग आयोग देखी ठुला नेता, सहरी विकास डिभिजन, जिल्ला प्रशासन कार्यालय अछाम र मंगलसेन नगरपालिका बाधक देखिएका छन् ।

अछामबाट गोविन्द कुँवरको रिपोर्ट

...

सनिबार, १७ चैत ०७४ 

प्रतिक्रिया

Related