कर्णालीहुँदै चीन जोड्ने सडक विस्तारमा ढिलाइ

‘सरकार चीनसँगको नाका खुलाउन प्रयासरत छ ।’– मुख्यमन्त्री शाही
निर्माण सञ्चार, जुम्ला । कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र मानिएको चीनको उत्तरी जोड्ने नाक्चेनाग्ला नाका र हिल्सा नाका खुलाउने काम अघि बढ्न सकेको छैन ।

पहिले यो नाकालाई प्रथामिकता राखेको कर्णाली सरकारले अहिले भने त्यति चासो देखिएको देखिँदैन । सुरुमा एक वर्षभित्र चीन जोड्ने दुवै नाका संचालनमा ल्याउने योजना बनाएको प्रदेश सरकार अहिले यस विषयमा त्यति गम्भीर देखिँदैन् ।

नेपालका लागि खुल्ला सीमाना रहेको भारत कर्णाली प्रदेशको सुविधाबाट टाढा पर्छ । कर्णालीको समृद्धिका लागि पनि चिनिया नाका खुलाउनु आजको तड्कारो आवश्यकता हो ।

चीन जोडने नाका खोलिएको खण्डमा एक दिनमा कर्णालीका जुनसुकै क्षेत्रबाट चीनमा पुग्न सकिन्छ । तर, आयात निर्यातका दृष्टिले पनि चीनको नाकालाई निकै सहज रुपमा हेरिएको छ ।

कर्णालीका सबै जनप्रतिनिधिहरुले दुई महिना पहिले कर्णाली हुँदै चीन जोड्ने सडक विस्तार सबैको पहिलो प्रथामिकता हुने भन्ने निर्णय पनि गरेका थिए ।

कागजी प्रत्रिया पुरा गर्दै प्रदेश सरकार मुख्य एजेण्डालाई छायामा राखी काम गरेको कर्णाली बासीको आरोप छ । अन्य प्रदेशमा नामाकरणदेखि सबै कुरा अघि गर्यो । तर पनि समय बित्दै जाँदा गरेका काम कुरा बिर्सदै जाँदा सरकार त्यति गम्भीर नदेखिएको हुम्लाका स्थानियले बताएका छन् ।

कर्णाली समृद्धिको विकल्प चीनसँगको नाका जाड्नुको अरू विकल्प छैन् । प्रदेश सरकार निदाए पनि सबैले ब्युझाउनु पर्ने स्थिति आएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

अध्यक्ष महतले भने, ‘आर्थिक अवस्था कमजोर, शिक्षा, स्वास्थ्य, रोजगारी, लगाायत कुनै पनि आधारभुत आवश्यकताले पछि परेको कर्णाली प्रदेशका कुनै क्षेत्रमा व्यापारिक भन्सारले पनि छोएको छैन् भने न काँहीबाट सरकारलाई कर आउने क्षेत्र छ । भर्खर निजी क्षेत्र लगानीका लागि अध्ययन गर्दैछन् ।’

धेरै सम्भावानका बिच पनि गरिबीको संज्ञा पाएको प्रदेशलाई चिनीया नाका खुलाउन आवश्यक रहेको छ । तर विभिन्न प्राविधिक समस्या देखाउँदै प्रदेश सरकार आजभोलि गर्दै यस कार्यलाई पछि धकेल्ने खेलो गरिरहेको जानकारहरु बताउँछन् ।

५१ प्रतिशत गरीबी रहेको यो प्रदेशमा चीनसँगको खुला सीमाना जोड्न नसकेको खण्डमा कर्णाली प्रदेश गरिबीबाट कहिले उन्मुक्ति नहुने विज्ञहरुको ठोकुवा छ ।

कर्णाली लगानी गरिसकेपछि लगानी कर्ताले पनि सहजै अन्य देशमा आयात निर्यातको सहज वातावरण खोज्छ । तर त्यतिबेला पनि चीनसँगको नाका नखुलाएको अवस्था लगानी कर्ताहरु क्रमिकरुपमा घट्न सक्ने जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए ।

उनले भने, ‘कर्णालीले यस विषयमा चासो दिनुपर्छ । तत्काल चीन सरकारसँग कुटनीतिक परामर्श गरी चाँडो नाका खुलाउने वातावरण सृजना गर्न उनको सुझाव छ ।

चीन जोड्ने सडक विस्तार गरी नाका खोेल्छौँ भनी भाषणमा जनतालाई अल्मल्याएपनि अहिलेसम्म चीन सरकारसँग कुनै समन्वय भएको छैन् ।

कर्णाली प्रदेशका सांसददेखि मन्त्रीले कर्णाली हुँदै चीन जोड्ने सडक सबैको प्रथामिकता रहने र प्रदेश सरकारले त्यसै अनुरुप आफ्ना काम अगाडि बढाउने निर्णय गरे पनि अहिले त्यो निर्णय कागजी रुपमा मात्रै सिमित भएको धेरैको अनुमान छ ।

प्रदेश सरकारले प्रदेशको समृद्धी, आर्थिक विकास हुने एजेण्डालाई साथमा लिएर जानु पर्ने जुम्लाबासीको सुझाव छ । 

प्रतिबद्धता भुल्दै जनप्रतिनिध

कर्णाली हुँदै चीन जोड्ने सकड विस्तारका लागि सबै लागि पर्ने भनी गरिएको साझा प्रतिबद्धता कर्णालीका जनप्रतिनिधिहरुले भुलेका छन् ।

प्रदेश सरकार गठन लगत्तै विभिन्न विषय उठान गरेपनि सबै सेलाएका छन् । प्रदेश राजधानीका मन्त्रीहरु चिल्ला कार चढी विभिन्न सभा सम्मेलनमा जान तथा शिलन्यासदेखि उद्घाटनका काममा मात्र व्यस्त देखिन्छन् ।

कर्णालीका दुर्गम बस्तीलाई चीनसँग जोडी समृद्धिको ढोका खुलाउने आश्वासन दिएका मन्त्रीहरु हिजोआज ती विषयमा अनजानजस्तै देखिएका छन् ।

मन्त्रीहरु काम हुँदै छ लागि परेका छौँ भन्ने गर्छन तर त्यस अनुरुप काम अघि बढेको भने छैन । प्रतिनिधिको आश्वसन बाहेक अन्य केही काम हुन नसकेको सुर्खेतका स्थानीय गोविन्द खत्रीले बताए ।

सुर्खेतका स्थानीय गोविन्द खत्रीले भने, ‘जनतालाई भ्रम फैलाउने काम मात्र भएको छ । एक वर्ष त के पाँच वर्षमा पनि कर्णाली हुँदै चीन जोड्ने सडक विस्तार होला भन्ने आशा छैन ।’

यस विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने जनप्रतिनिधिहरुले आफ्ना प्रतिबद्धता नभुलेको दाबी गर्छन् ।

शाहीले भने, ‘सरकार यतिबेला प्रदेश कानुन बनाउने काममा व्यस्त छ । तर हामी चीन कुटनीतिक पलह गरिरहेका छौँ । अहिले आर्थिक कार्यविधि तयारी कार्य चलिरहेको छ । सरकार चीनसँगको नाका खुलाउन प्रयासरत छ ।’

प्राविधिक कठिनाइनले समस्या भएको कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले बताए । भण्डारीका अनुसार चाँडै कर्णाली हुँदै चीन जोड्ने सडक विस्तारमा पहल गरिने जानकारी दिए ।

ढिलोे चाँडो काम थाल्ने भन्दै सबैलाई ढुक्क हुन भण्डारीले आश्वासन दिए । एक वर्षभित्र काम सक्छु भन्ने अहिले ढिलो चाँडो किन भन्दा उनी भन्छन्, ‘अहिले खाली बसेका छैनौँ, हामी योजनाबद्ध ढंगले कर्णाली हुँदै चीन जोड्न सडक विस्तार गरिनेछ ।’

 

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

आइतबार, १८ चैत २०७४

प्रतिक्रिया

Related