वर्कसप सञ्चालक होसियार ! दर्ता नगरी सञ्चालन गर्नु भएको छ ?

ग्यारेजमा बाल श्रम पनि निषेध, ६ महिनाभित्र आफूलाई नसुधारे खारेज गरिने
निर्माण सञ्चार, काठमाडौँ | अब कानुनी दायरामा नआएका अव्यवस्थित वर्कसपहरुले मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्नुुपर्ने भएको छ ।

त्यस्ता वर्कसपहरुका लागि सरकारले मापदण्ड तय गर्दै सञ्चालन निर्देशिका ल्याएको छ । हाल वर्कसपहरुका कारण रसायनजन्य फोहोर बढ्दै गएपछि वातावरण प्रदुषण भइरहेको छ ।

सवारीका पार्टस मर्मत गर्ने वर्कसपलाई यातायात व्यवस्था विभागले नियमन गर्न लागेको हो । वर्कसप सञ्चालन निर्देशिका जारी गर्दै विभागले ग्यारेजहरुको सञ्चालनलाई नियमन सुरु गरेको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सबैखालका वर्कसपहरु सडक सीमाभन्दा बाहिर निर्माण गर्नुपने निर्देशिका उल्लेख छ ।

हरेक वर्कसप वरपरि पर्खाल तथा तारबारले घेर्नुपर्ने व्यवास्था उल्लेख गरिएको छ ।

निर्देशिकाअनुसार फोहोर व्यवस्थापन गर्नुपर्ने, पर्याप्त मेसिनरी औजारहरु हुनपर्ने, सवारी साधन राख्न पर्याप्त स्थान समेत हुनपर्नेछ ।

यसैगरी खानेपानी र शौचालयको उचित व्यवस्थापन, अग्नि नियन्त्रक सिस्टमका साथै उपचारको टुल बक्स राख्नुपर्ने लगायतका नियमहरु उल्लेख छन् । वर्कसपको अकार हेरेर सोहीअनुसारको क्षेत्रफल कायम गर्नुपर्नेछ ।

निर्देशिका अनुसार ग्यारेजमा बाल श्रम निषेध गरिएको छ ।

हरेक वर्कसप विभागमा दर्ता हुनुपर्ने, पुराना सवारी ग्यारेजमा थन्काएर राखिरहन नपाइने, सवारीका पार्टस बनाउँदा विभागबाट स्वीकृति लिए स्वीकृत ढाँचमकै सम्पन्न गर्नुपने तथा वर्कसप कर्मचारकीको नियुक्ति सरकारले तोकेको व्यवस्था बमोजिम मात्रै गर्नुपर्ने नियम उल्लेख छ ।

निर्देशिकाअनुसार हाल सञ्चालन भइरहेका वर्कसपले ६ महिनाभित्र उक्त मापदण्डअनुसार आफूलाई सुधार नगरे खारेज गर्ने व्यवस्था गरिएको छ ।

...

सोमबार, १९ चैत २०७४

प्रतिक्रिया

Related