रोजगारीका लागि दुवैमा नयाँ अवसरः अब नचाहिने चारित्रिक प्रमाणपत्र !

नेपाली युवालाई ४ हजार ५ सय आर्थिक भारबाट राहत
निर्माण सञ्चार, काठमाडौँ | युएई संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई नयाँ अवसर दिएको छ ।

युएईले रोजगारिका लागि जानेका लागि चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको हो ।

गत फेब्रुअरि ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम अहिलेलाई स्थगित गरिएको युएईको मानवीय संशाधन मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार दिइएको गल्फ न्युजका अनुसार युएईको यो घोषणासँगै रोजगारीका लागि त्यहाँ पुग्ने नेपाली युवाहरुमाथिको ४ हजार ५ सय आर्थिक भारबाट राहत मिलेको छ ।

यसअघि युएई सरकारले फेब्रुअरी ४ देखि लागू हुने गरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनुपर्ने नियम लागु गरेको थियो ।

खलिजा टाइम्सका अनुसार यसअघि यूएईले रोजगारीका लागि जाने नेपालसहित अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको थियो ।

तर युएईको अध्यागमन विभागले केही साताअघि नेपालीबाहेक अन्य ७ मुलुकका नागरिकाका लागि प्रहरी रिपोर्ट अनिवार्य गर्ने नियम हटाएको थियो ।

भारत, श्रीलंका, इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य नगरिएको अवस्थामा अप्रिल १ बाट नेपालीलाई पनि चारित्रिक प्रमाणपत्र नचाहिने भएको हो ।

युएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाउँदा ४ हजार ५ सय तिर्नुपथ्र्यो ।

अब यो अतिरिक्त शुल्क तिर्नुनपर्ने भएको छ । प्रहरी रिपोर्टलाई सम्बन्धित देशको राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो ।

नेपालमा तीनवटा निजी ट्राभल कम्पनीलाई यसको जिम्मा दिइएको छ ।

...

सोमबार, १९ चैत २०७४ 

प्रतिक्रिया

Related