अतिक्रमित जग्गामा महानगरको बुल्ड डोजरः अब चौडा बन्ने भो सडक, सफा हुने भो नाला वीरगन्जको (भिडियोसहित)

पटक–पटक सूचना जारी गर्दा पनि स्थानीयको अटेर, घर आफैँ भत्काउँदै महानगर
निर्माण सञ्चार, विरगंज | विरगंज महानगरपालिका कायर्लयलयले अवैध रुपमा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहराहरु भत्काउने कार्य जारी राखेको छ ।

घण्टाघरदेखि छपकैयासम्म जाने रेलवे रोड वरिपरिका जग्गा केही स्थानीयले अतिक्रमण गरी स्थायी कब्जा गर्ने उद्देश्यले पक्की घर बनाई बसेको छन् ।

यसरी नेपाल सरकारको जग्गा नियन्त्रणमा लिने कार्य भइरहेको महानगरका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले बताए ।

आइतबार दुर्गा हलसम्म अतिक्रमण गरिएका घरटहरा हटाइएको थियो भने सोमबार घण्टाघरको टङ्गगा स्टेसनसम्म हटाइने विर्ता प्रहरी चौकीका प्रहरी निरिक्षक अनिस कर्णले बताए ।

महानगरपालिकाले पटक पटक सूचना जारी गर्दै अतिक्रमित संरचनाहरु आफैँ हटाउन आह्वान गर्दा पनि स्थानीयहरुले नटेरेपछि महानगरले स्काभेटर लगाई हटाउन सुरु गरेको छ ।

मुख्यसडक, सहायक सडक तथा पेटी छेउछाउमा अतिक्रमण जग्गा नियन्त्रणमा लिई सडकलाई व्यस्थित बनाउने कार्य भइरहेको मेयर सरावगीले बताए ।

मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका अन्तर्गत अन्डरग्राउण्ड नाला निर्माणमा अतिक्रमण जग्गाले अवरोध भइरहेको थियो ।

अतिक्रमण गरिएका संरचनाहरु हटाइएपछि अन्डरग्राउण्ड नाला निर्माण कार्य गति लिने बताइएको छ ।

___

राजु शाह

 

...

सोमबार, १९ फागुन ०७४

प्रतिक्रिया

Related