लगानीमैत्री नीति बनाउन जाग्यो कर्णाली

‘कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्नुहोस्, लगानी कर्तालाई आवश्यक सुरक्षा र सहज नीति हामी दिन्छौँ’ – मुख्यमन्त्री शाही
निर्माण सञ्चार, जुम्ला | निजी क्षेत्रलाई कर्णाली प्रदेशमा लगानी गर्न सरकारले आवश्यक नीति बनाउने भएको छ । लगानीकर्ता आकर्षण नितिदेखि लगानीमैत्री वातावरण सरकारले सृजना गर्नेछ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भने ‘कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्नुहोस्, लगानी कर्तालाई आवश्यक सुरक्षा र सहज निति हामी दिन्छौँ ।’ ‘प्रदेश सरकारले कानुन बनाउँदै छ । हामीले लगानी कर्ता आर्कषण नीति महत्वका साथ लिएका छौँ’, तर कर्णालीमा लगानीको गरेको दुई वर्षसम्म नाफाको सोच नबनाउन लगानी कर्तालाई आग्रह गर्दछु ।’

अन्तराष्ट्रिय समुदायले कर्णाली प्रदेशमा लगानी चासो व्यक्त गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

लगानी कर्ता तिव्र चासोेसंगै कर्णाली सरकारले लगानीमैत्री वातावरण बनाउन आफ्नो कार्यथालनी गरिसकेको उनको भनाई छ ।

‘कर संकलनबाट आर्थिक समृद्धी सम्भव छ । तर पहिलो संघियताको साघ बचाउने जिम्मेवारी पनि हाम्रै भएकाले निजि क्षेत्रसँग समन्वय गर्नुको अरु विकल्प छैन’, मन्त्री ज्वालाले भने ।

आर्थिक समृद्धिका लागि पनि कर्णाली प्रदेशको रारातालमा २०७५ पर्यटन वर्षका रुपमा मनाइदैँ छ । यसले कर्णालीका पर्यटन सम्भावनालाई पहिचान गर्ने अपेक्षा लिइएको छ ।

कर्णाली लगानीकर्ता पुर्ण सुरक्षा ग्यारेन्टी सरकारले लिने आन्तरिक मामिला तथा कानुन गृहमन्त्री नरेश भण्डारीले आश्वासन दिएका छन् । समृद्धीका लागि शान्ती सुरक्षा नारा नै तय छ ।

मन्त्री भण्डारीले भने, ‘कुनै शंका नलिई लगानी गर्नुहोस् ।’

उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष भवानी राणाले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशसंग सहकार्य गर्न निजि क्षेत्रले चासो देखाएको बताइन् ।

उनले जुम्लाको काले मार्सी देखि स्याउ सिमिको सहिसदुपयोग गरी समृद्ध प्रदेश निजि क्षेत्रले बनाउने बताईन । सातै प्रदेश र आन्तरिक तथा बाह्य लगानी कर्ता मैत्री वाताबरण बनाए समृद्धी हेर्न धेरै समय कुर्न नपर्ने उनको भनाई थियो ।

तर सरकारले कमिसन तन्त्र भष्टचार लाई भने, जरै देखि निर्मुल गर्नु पर्ने आशा गरेकी छन् ।

कर्णालीमा लगानी गर्न तथा लगानीमैत्री आबश्यक निति बनाउने विषयमा निजि क्षेत्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश सरकारबिच सम्झौता पत्रमा हस्तारक्षर समेत गरिएको छ ।

सहज भए लगानीकर्ताको ओईरो लाग्ने

लगानीकर्ताको सुरक्षादेखि वातावरण सहज भए लगानी कर्ताको ओईरो लाग्ने उद्योग बाणिज्य संघ सुर्खेतका पुर्व अध्यक्ष विष्णु शाहिले बताए । लगानीकर्ता बनाउन सरकार प्रतिबद्ध छ भनेर मात्रै हुँदैन ।

लगानीकर्ताका सम्भावना चुनौती तथा अबसरलाई पहिचान गरी कानुन तय गरेर छिटै निम्तो दिनेपर्ने उनले दाबी गरे ।

जुम्लाबाट सागर परियार

...

बुधबार, २१ चैत २०७४ 

प्रतिक्रिया

Related