सहकारी हुन् कि सूदखोरी ? सहकारी महासंघको देखाउने दाँत अर्कै, अपांगता क्षेत्रको सहकारीमाथि बडालले गरे यस्तो छुवाछूत !

दुर्गम क्षेत्रलाई निःशुल्क गराउँदा अपांगता क्षेत्रलाई छिछि र दुरदुर गर्न मिल्छ बडालज्यू ? खै सहकारीमा समावेशीकरण ? के समावेशिता राजनीति गर्ने भाँडो मात्रै हो ?
निर्माण सञ्चार,काठमाडौं  । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि १८ वर्षदेखि कमलरी कुप्रथाको दासता चिर्दै सभासद बनेकी शान्ता चौधरी समावेशी लोकतन्त्रको नमूना हुन् भनेर राष्ट्रिय सहकारी महासंघ नेतृत्वले पटक पटक विभिन्न सार्वजनिक मञ्चहरुमा भाषण गरेको सुन्नेहरुका लागि त्यही महासंघले ‘मार्जिनल’ क्षेत्रको प्रतिनिधित्व गर्ने सहकारी सदस्यहरुलाई आफूभित्र विभेद गरेको देख्दा सचेत मानिसले कस्तो आलोचना गर्ला त ?

विकासको आधार समावेशिता र सीमान्तीकृतहरुलाई पनि मूलधारमा ल्याई नेतृत्व विकास गर्नु पर्छ भन्दै पञ्चायतकालदेखि नै वकालत गर्ने नेताका रुपमा चिनिने व्यक्ति हुन् राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल ।

स्पष्ट वक्ता बडाल लैंगिक, क्षेत्रीय, जातीय र समावेशी विकासकै नाराले चिनिएको नाम पनि हो । नेपालको सहकारी आन्दोलनमा उनको नाम अरु हजारौंको नाम भन्दा पनि निकै गह«ौं नाम हो भन्ने पनि दुनियाँले बुझेको छ ।

‘तर, उनी नेतृत्वको सहकारीहरुको छाता संगठन महासंघमा देशकै पहिलो अपांगता क्षेत्रले सञ्चालन गरेको अष्टावक्र सहकारीको संस्थागत प्रतिनिधित्व गराउने मामलामा विभेद भयो भन्ने कुरा समाचारबाट सम्प्रेषित गर्नु पर्दा हामीलाई दुख लागेको छ,’ अष्टावक्र सहकारीका एक सदस्यले निर्माण सञ्चारलाई बताए ।

मात्रै १० हजार रुपियाँ सदस्यता शुल्क बुझाउन नसकेको भन्दै बडाल नेतृत्वको महासंघले छि छि र दुरदुर गरेको घटना दुनियाँका नजरमा पनि जओस् भन्ने हेतुले यो समाचार प्रकाशित गरिएको पनि हो ।

‘कार्यक्रम तयारीको सुरुदेखि नै अष्टावक्रलाई निःशुल्क भनेपछि हामीले त्यस्तो तयारी पनि गरेनौं, दुख व्यक्त गर्दै अध्यक्ष ढुण्डीराज चालिसेले भने, ‘त्यसमा पनि राज्यले सीमान्तीकृत भित्र राखेर विशेषाधिकार समूह भनेर परिभाषित गरेका हामीलाई पैसामा मोलमोलाइ गरिन्छ भने यहाँबाट कस्तो न्याय पाइएला ?’

यसअघि जिल्ला काठमाडौं सहकारी संघले पनि आफू मातहत रहेको अष्टावक्रलाई जिल्लाका विभिन्न गतिविधिमा ढोकामा पुगेर फर्काएको धेरै घटनाहरु अष्टावक्र सहरकारीका सदस्यहरुले पटक पटक गुनासो गर्दै आएका थिए ।

मानिसको बोली र व्यवहार, विकास र विभेदका विभिन्न पाटाहरु अन्ततः व्यवहारमै परीक्षा हुने रहेछ भन्दै दुखित मन लिएर फर्किएका अष्टावक्र सहकारीका अध्यक्ष चालिसेबारे महासंघ अध्यक्ष रहेका बडालले अन्य वौद्धिक पाटोमा प्रतिस्पर्धा गर्ने सायद हिम्मत पनि गर्न सक्तैनन् ।

अष्टावक्रका अध्यक्ष चालिसे काठमाडौं भन्दा दुर्गमका जिल्लामा जन्मेर पनि काठमाडौंमा आएर अपांगता क्षेत्रमा रहेका समाजबाट सबैले हेपेर थिचिएकाहरुलाई एकै ठाउँ बटुलेर ‘हामी पनि गर्न सक्छौं, गरेर देखाऔं’ भनी सहकारी अभियान थालनी गरे आजभन्दा करिब १० वर्ष अघि ।

व्यवस्थापक भूमिकामा रहेका विदुर थापा जस्ता अपांगता भएपनि अधिवक्ता समेत रहेका र अपांगता भएरै पनि विभिन्न प्रतिभाका धनीहरुको मञ्च बनेको छ आज अष्टावक्र सहकारी ।

राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी ओली सहभागी उक्त कार्यक्रममा सदस्यता शुल्कका नाउँमा सोल्टी होटेल क्राउन प्लाजामा छिर्न समेत दिइएन ।

सहकारीहरु सूदखोरी जस्तै बन्दै गइरहेको आजको दिनमा सोल्टी होटेलमा उद्घाटन गर्न पुगेको सहकारीहरुको महासंघले प्रधानमन्त्रीबाट हुने यस उद्घाटनका लागि विभिन्न क्षेत्रबाट ‘डोनेसन’ कै रुपमा करोडौं रुपियाँ उठाएको पनि छ ।

‘तर, बडालहरुको महासंघ नेतृत्वको सहकारी आन्दोलनको भावनामा अट्नै नसक्ने गरी कतिसम्म सानो भएछ अष्टावक्र ? निमुखा, अपांगता र निरीहहरुको साम्यवादी शासनको वकालत गर्दै हिँड्ने सहकारी अभियन्ताहरुको छत्रछायाँमा बसी अब न्याय पाइन्छ भनेर नसोचे पनि हुने भएछ,’ दुखित मन लिएर फर्केका चालिसेले भने ।

मानिसको क्षमतालाई अपांगताले मात्रै छेक्तैनन् भन्ने उखान पछिल्ला दिनमा सगरमाथादेखि चन्द्रमासम्म पुग्नेहरुले देखाएको आजको २१ औं शताब्दीमा यस्ता सामाजिक विभेद र सांस्कृतिक छुवाछूत प्रथाको समेत उन्मूलन गर्नु पर्छ भनी वकालत गर्नेहरुकै संस्थाले संस्थागत विभेद नै गरेपछि अरुलाई के भन्ने हो र ?

वास्तावमा राष्ट्रिय सहकारी महासंघ र मातहतका सहकारी संस्थाहरु सहकारीको भावना भन्दा विपरीत सूदखोरी र चाप्लुसीबाजहरुको केन्द्रका रुपमा विकास भएको छ ।

पहुँचवालालाई सलाम र सानालाई लात मार्ने सामन्ती संस्कृतिबाट हुर्किएको नेपाली समाजका सबैखाले कृतघ्न पात्रहरु महासंघको नेतृत्वमा घुइँचो लागिरहेको पाइन्छ ।
 
महासंघ प्रतिनिधिहरु निजी रुपमा पनि सहकारी अनुशासन भन्दा घृणा हुनेखालका काममा जोडिएका केही प्रमाणहरु पनि पाइएको छ । आवश्यक परे प्रकाशित गर्न पछि नपर्ने माहसंघ भित्रकै उच्च स्रोतले बतायो ।

 

 

...

बुधबार, २१ चैत २०७४

 

प्रतिक्रिया

Related