कर्णालीमा पहिलो पटक मुटुरोग शिविर सञ्चालन, जुम्लाका स्थानीय उत्साहित

१५ सयभन्दा बढी को चेकजाँच
निर्माण सञ्चार, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा सुरु भएको छ ।

यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो तर जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ टोली ल्याएर सेवा प्रवाह भएपछि केही समस्या कम हुने अनुमान गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन् ।

डाक्टर कोइरलाका अनुसारका झण्डै १५ सय बढी बिरामीको चेकजाँच गरिएको छ । असुन्तुलित खानपान, धुम्रपान तथा मध्यपानको बढी प्रयोग, धुवो धुवा र श्वासप्रश्वास नै मुटु रोगका प्रमुख कारणहरु हुन ।

यस्ता कारणबाट जुम्लाका नागरिक बढी प्रभावित भएको पाइयो । मुटु रोग सम्बन्धीको निशुल्क शिविर क्षक्षिक मात्र हुन ।

जुम्लाका नागरिकलाई नसर्ने रोगबाट मुक्त गर्नको लागि ३ सय शैया अस्पतालमा मुटु रोग सम्बन्धित विशषज्ञ सेवा संचालन गर्न निकै आवश्यकता देखिएको डाक्टर कोइरलाले उल्लेख गरे ।

डाक्टर कोइरालाले प्रत्यक्षरुपमा चेकजाँच गराएका १५ सय बढी बिरामी मध्ये अधिंकाशमा फोक्सो सम्बन्धीको समस्या देखिएको छ ।

शिविरमा उपचारका क्रममा सामान्य अवस्था भएकालाई औषधी दिइएको छ । भने, मुटुमा प्वाल भएका तथा अप्रेशन गर्नुपर्ने अवस्थाका बिरामीलाई काठमाडौं स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा रेफ गरिएको छ ।

१ लाख खर्च लाग्ने बराबरको उपचार निशुल्क

त्यहाँबाट चेकजाँच गर्दा औषधिले निको नहुने प्रकृतिका रोगीलाई काठमाडौँ स्थित मनमोहन कार्डियो भास्कुलर विभागले हेर्ने भएकाे छ ।

१ लाख खर्च लाग्ने बराबरको उपचार निशुल्क गरिने मनमोहन कार्डियोभास्कुलर सेन्टर चिकित्साशास्त्र अध्यायन संस्थानले गर्ने छ ।

प्रतिष्ठानमा विशषज्ञ सेवा संचालन गर्न आवश्यक छ । तर सबै सरोकारवालाहरुले चाँडै पहल गरी नयाँ निमार्ण सम्पन्न अस्पताललाई सुचारु गर्न उनको सुझाव छ ।

जुम्लामा दुई सम्म चलेको निशुल्क मुटु रोग सम्बन्धी विशिरमा मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सहित १७ जनाको टोली जुम्लामा आईपुगेको हो ।

कर्णालीमानै अहिले मुटु रोग विशषज्ञ सेवा संचालन नभएका कारण शिविर संचालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रध्यापक डाक्टर मोदनाथ मरहटा्ले बताए ।

धुवो धुवाँबाट सुरक्षित रहन धुम्रपान तथा मध्यपानको प्रयाग नगर्न लगागतका विषयमा चेतना फैलाउन निकै आवश्यक रहेको उल्लेख गरे । दुई दिने निशुल्क मुटुरोग शिविर निकै सफल रह्यो ।

उनले भने, ‘अस्पातलमै विशषज्ञ सेवा अति आवश्यक देखिन्छ । यसको व्यवस्थापनमा सबै लाग्नु पर्छ ।’

शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, ‘जुम्लामा मुटुरोगी र औषधी सेवन गर्नेको संख्या धेरै छ, निःशुल्क मुटुरोग स्वास्थ्य शिविर मार्फत बिरामीलाई उपचार गर्न थालिएको हो ।’

मुटु रोग विशेषज्ञ सेवा दुई दिनसम्म संचालन हुने भएको छ । जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा कोइरालाको टिमलाई अनुरोध गरिएको थियो ।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुँदा उपचार हुन सकेको थिएन ।

मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिइने छ ।

जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर चेकजाँच गर्न पाउँदा स्थानीयले खुशी व्यक्त गरेका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका मुटुरोगीले नाम दर्ता गराएका छन् ।

चन्दननाथ नगरपालिका ७ का ४० वर्षीया जयबहादुर महतले आगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउदा खुशी भएको बताए ।

त्यस्तै, चन्दननाथ नगरपालिका १० निवासी खुम्मीरा बुढाले निशुल्क चेकजाँच गराउन पाएकोमा खुसी व्यक्त गरिन । उनले भनिन, ‘अघिपछि भएको भए, कति पैसा तिरेर जाँच गर्नु पर्थ्याे । तर शिविरमा निशुल्क गरी मनको डरलाई शान्त पारिदिएको शिविरमा खटिएको टोलीलाई धन्यवाद दिइन ।

शिविरमा आफूसँग केही स्वास्थ्य समस्या छ वा छैन् भन्ने कुरा थाहा पाउन पनि आएको पाइयो । उनका अनुसार मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सबै उपकरण सहित टोली जुम्लामा पुगेको छ ।

बुढाले भने, ‘मलाई एक्कासी प्रेसर बढेको थियो । पहिलो पटक चेकजाँच गराउन पाएँ ।’

विशेषज्ञ चिकित्सकसंग मुटुको उपचार गराउनको लागि बिरामीलाई टोकन वितरण गरिएको छ । टोकन लिएर उपचार गराउने वातावरण सृजना गरिएको हो ।

...

शनिबार २४, चैत्र ०७४

प्रतिक्रिया

Related