‘नेपाल अब ल्यान्ड लिङ्क्ड मात्र होइन, वाटर लिङ्क्ड पनि’– ओली

नेपाललाई समुद्रसँग जोड्न प्रम ओलीले के गरे नयाँ ?
निर्माण सञ्चार, एजेन्सी । तीन दिने भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ल्यान्ड लिङ्क्ड मात्र नभई वाटर लिङ्क्ड मुलुक पनि भएको बताएका छन् ।

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको विशेष भेटघाट पछि प्रधानमन्त्री ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

सम्बोधनमा प्रम ओलीले नेपाल र भारतले मिलेर विकासमा एकसाथ फड्को मार्न सक्ने पनि बताए ।

उनले भने, ‘नेपाल–भारतबीच सदियौँदेखि सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ, अब हामी हरेक क्षेत्रबाट एकअर्कालाई जोडेर अघि बढ्ने छौँ ।’

उक्त सम्बोधनमा ओलीले नेपाल भूपरिवेष्ठित देश मात्रै नभई अब वाटर लिङ्क्ड पनि भएको दाबी गरे ।

उनले सम्बोधनका क्रममा भने, ‘नेपाल ल्यान्ड लक्ड मुलुक मात्रै होइन, ल्यान्ड लिङ्क्ड मुलुक पनि हो । अब वाटर लिङ्क्ड पनि हुन्छ ।’

सुखी जनता र समृद्ध मुलुक नेपाल र भारतका दुवै देशको साझा अजेन्डा भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको बाटोमा अघि बढिसकेको दोहोराए ।

भने, ‘नेपालको समृद्धिको सपनालाई भारतले साथ दिन्छ भन्ने विश्वास लिएको छु ।’

यही सम्बोधनमा भारतीयक समकक्षी प्रधानमन्त्री मोदीले ‘सगरमाथाको देश नेपाललाई सागरसँग जोड्छौं’ भनेका छन् ।
 
मोदीले समुद्रसँग नेपाललाई पनि जोड्ने र ओलीले नेपाल अब वाटरलिङ्क्ड मुलुक पनि भएको बताएका हुन् ।

यसले नेपाल अब भारतीय समुद्र मार्गसँग सम्बन्ध राख्न सक्ने विश्लेषकहरुको बुझाइ छ । तर, अभ्यास कस्तो हुने हो भन्ने कुरा भने हेर्न बाँकी छ । 

पढौं यो पनि 

मोदीको घोषणाः ‘रेल लाइन काठमाडौंमा पुराउँछौं, सगगरमाथाको देशलाई सागरसँग जोड्ने छौं’ 

 

तस्वीर स्रोतः ट्विटर, विष्णु रिमाल

 

...

शनिबार, २४ चैत, ०७४

 

प्रतिक्रिया

Related