मोदीको घोषणाः ‘रेल लाइन काठमाडौंमा पुराउँछौं, सगगरमाथाको देशलाई सागरसँग जोड्ने छौं’

रामायण र बुद्धिस्ट सर्किट बनाउने भारतको चाहना
निर्माण सञ्चार, एजेन्सी । मित्रराष्ट्र भारतको ३ दिने औपचारिक भ्रमण क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध नयाँ आयाममा पुगेको बताएका छन् ।

दुई देशका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न आफू तयार रहेको भारतीय प्रम मोदीले बताएका हुन् ।

उक्त सम्बोधनमा मोदीले सगरमाथाको देश नेपाललाई सागरसँग जोड्न आफू तयार रहेको बताएका छन् । उनले भने, नेपाल अब भूपरिवेष्ठित देश रहिरहँदैन, उसलाई हामी अब समुद्रसँग जोड्छौँ ।’

उनले थपे, ‘सगरमाथाको देश अब सागरसम्म जोडिनेछ ।’ मोदीले काठमाडौँलाई अब सीधै भारतसम्म रेल लाइनले जोड्ने पनि बताए ।

भने, ‘काठमाडौँबाट अब हामी भारतसम्म सिधा जोड्न रेल लाइनले जोड्छौँ । जलसंशाधन र ऊर्जासम्बन्धी प्रोजेक्टमा पनि हामी संयुक्त काम गर्छौँ ।’

पञ्चेश्वर र सप्तकोशीमा हाइड्रो र बाँध 

भारतीय योजना सोही सम्बोधनमा भारतीय ‘इन्ट्रेस्ट’का रुपमा हेरिएको पञ्चेश्वरमा जलविद्युत् परियोजना र सप्तकोशी नदीमा उच्च बाँध बनाउनेबारे पनि मोदीले चर्चा गरेका थिए ।

उनले लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोशी र सुनकोसी जस्ता ठुला जलविद्युत् तथा बाँध परियोजना पनि अघि बढाउने स्पष्ट शब्दमा उल्लेख गरे ।

नेपाल राजनीतिक रुपले नयाँ युगमा प्रवेश गरेको स्वीकार गर्दै भने, ‘नेपाल नयाँ राजनीतिक रुपमा युगमा प्रवेश गरेको छ । ओलीजीले नेपाल तीव्र आर्थिक विकासतर्फ गइरहेको मलाई जानकारी दिनुभयो । यो भिजनलार्इ सहयोग गर्न भारत भागिदार बन्न सक्छ ।’

मोदीले अब दुई देशको साथ विकास लागि भएको बताए । ‘हाम्रो सहकार्य र साथ विकासका लागि हुन्छ । ओलीजीको समृद्ध नेपाल र सुखी नेपाली भिजनलाई सफल बनाउन हाम्रो पनि भूमिका हुन्छ । विकासका साझा लक्ष्यमा हामी सहकार्य गर्छौँ ।’

मोदीले काठमाडौलाई भारतीय रेलसँग जोड्ने काममा आफूहरु संयुक्तरुपमा काम गर्न तयार रहेको पनि बताए ।

अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको संयुक्त शिलान्यास समेत गरेको उक्त कार्यक्रममा बोल्दै मोदीले भने, ‘हामी काठमाडौँसम्म रेल लाइन विस्तार गर्न तयार छौँ । तराईको सडक विस्तार, पेट्रोलियम पाइपलन, क्रस बोर्डर कनेक्टिभिटी, कृषि शिक्षा र अनुसन्धानको क्षेत्रमा पनि मिलेर काम गर्छौँ ।’

मोदीले नेपाल जल संसाधान र ऊर्जा विकासमा सहकार्य गर्न भारत तयार रहेको बताउँदै अरुण, पच्चेश्वरी, सप्तकोशी, सुनकोशीमा काम गर्न पनि सहमत रहेको उल्लेख गरेका हुन् ।

खुला सिमानाको दुरुपयोग रोक्न घनिभूत छलफल

मोदीले दुई देशबीचको रक्षा र सुरक्षा विषय पनि ओलीसँग गहन छलफल भएको उल्लेख गरेका छन् । ‘हामीले खुला सिमाना दुरुपयोग रोक्न पनि छलफल गरेका छौँ’, मोदीले भने, ‘खुला सिमानाका कारण उब्जेका समस्या स‌ंयुक्तरुपमा हल गर्छौँ ।’

‘अब हामी मिलेर विकासमा अघि बढ्छौँ । रामायण र बुद्धिस्ट सर्किट विकास गर्छौँ ।’

 

पढौं यो पनि  

‘नेपाल अब ल्यान्ड लिङ्क्ड मात्र होइन, वाटर लिङ्क्ड पनि’– ओली

...

शनिबार, २४ चैत, ०७४

 

प्रतिक्रिया

Related