सनराइजकाे भिसा डेविट र क्रेडिट कार्ड प्रयोगकर्तालार्इ गोरखा डिपार्टमेन्ट स्टोरमा १० प्रतिशत छुट

निर्माण सञ्चार, काठमाडौँ । सन्राइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोर बिच नेपाल अधिराज्य भित्र संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरमा कुनैपनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुट सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सन्राइज बैंककातर्फ बाट विराटनगर शाखाका शाखा प्रबन्धक श्री सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फबाट प्रबन्ध निर्देशक श्री बलराम आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सन्राइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट हुने कारोबारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने छ ।

बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरी छुटको सुविधा उपभोग गर्न आह्वान गरेको छ ।

यो योजना २०७५, बैशाख १ गते देखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पुर्ण खरिदहरुमा लागु हुनेछ ।

कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो ।

यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वित हुने र कारोबार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त छ ।

...

शनिबार २४, चैत्र ०७४

प्रतिक्रिया

Related