जेसिबिले सुरु गर्यो लहानमा ‘अर्थराइज्ड रिटेल आउटलेट’

ग्राहकलाई ‘आफ्टर सेल्स सर्भिस’ र ‘स्पेयर’को सुविधा
निर्माण सञ्चार, काठमाडौँ | नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।

नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय ‘एफ्टर सेल्स सर्भिस’ र स्पेयरको सुविधा पाउनेछन् । निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो । नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा नयाँ ‘एआरओ’का प्रबन्धनिर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए ।

नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिनेछ । कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह, टप इटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान बनेपा, गल्छी, दोलखा र डडेलधुरामा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ ।

विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको बताइएको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा रहेको प्रबन्धनिर्देशक धनवीर महतोले बताए ।

इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय रहेको उनको भनाइ छ ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै महतोले दाबी गरे ।

‘जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ’ उनले भने ‘यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।’

...

बिहिबार, २२ चैत २०७४

प्रतिक्रिया

Related