भएन अरुण तेस्रोको उद्घाटन, नबन्ला त अब ?

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज चेकपोष्ट बन्ने
निर्माण सञ्चार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकै बेला आज शिलन्यास गरिने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास स्थगित गरिएको छ ।

नेपालका तर्फबाट गृहकार्य नपुगेको भन्दै अहिले शिलन्यास नगर्न भारतीय पक्षसँग प्रस्ताव राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिए ।

मन्त्री महासेठले भने, ‘अरुण तेस्रोको शिलन्यास आज हुँदैन ।’

उनले थपे, ‘नेपालका तर्फबाट गृहकार्य नपुगेको भनेपछि आज यसको स्विच अन नहुनेभएको हो ।’

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन उद्घाटन

त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम रहेकोले त्यसको बारेमा दुईपक्षीय छलफल भइरहेका मन्त्री महासेठले बताएका छन् ।

वीरगञ्ज चेकपोष्टको उद्घाटन

वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने उनले बताएका छन् ।

...

शनिबार २४, चैत्र ०७४

प्रतिक्रिया

Related