सनराईज बैंकको ७८औँ शाखा जुम्लामा

अब आयोजना देखि भत्ता पनि बैंकबाट
निर्माण सञ्चार, जुम्ला | एक दिनको बास, ज्यानको जोखिम, फजुल खर्च, समयै सेवा नपाईनु जुम्ली नागरिकका वर्षौ देखिका कष्ट हुन् । अहिलेसम्म पनि ती दुख फेरिएका छैनन् ।

सेवा पाए पनि घण्टौँ लाईनमा बस्नु पर्ने बाध्यता, पैदल हिडि रातो पिरो अनुहारमा बैंकमा पुग्दा छिटो छरितो सेवा नपाउने दुख अहिले नागरिकले भोगी रहेका छन् । अझ एक दिनको बास बसेर पनि भुक्तानी नपाईने ।

यी कष्टका दृष्यहरु जुम्लाका स्थानीय तहमा बैंक नपुग्दाका हुन् । स्थानीय तह निर्वाचन भएको एक वर्ष पुग्न लागि सक्दा पनि जुम्लाका स्थानिय तहमा कुनै बैंकका शाखाहरु पुग्न सकेका छैनन् ।

गाउँमा बैंक सेवा देखि विकासमा परिवर्तन ल्याउने आश्वासन दिएका जनप्रतिनिधिहरु अहिले स्थानिय तहमा बैंक स्थापना गर्ने विषयमा अबुझक देखिन्छन् ।

योजनादेखि विभिन्न भत्ताका लाखौ बजेट झोलामै बोकी हिड्दा ज्यानको जोखिम बढ्दै हुने गरेको तातोपानी गाउँपालिकाका कार्यकारी अधिकृत अंगराज डाँगीले बताए उनले भने ।

गाउँमा बैंकका शाखा नजादा जोखिम बढ्ने गरेको छ । यस विषयमा जनप्रतिनिधि पनि गम्भीर देखिदैनन् । तर आफुले निरन्तर स्थानिय तहमा बंैकको शाखा ल्याउन माग गर्न भने नछोडेको उल्लेख गरे ।

यस्तै माग सबै स्थानिय तहका नागरिक तथा कर्मचारीहरुले गरिरहेका छन् ।

स्थानिय तहमा बैंक नहुदाका विभिन्न समस्या लाई मध्यनजर गर्दै जुम्लाको गुठीचौर गाउँपालिकामा नेपाल सनराईज बैंकको ७८ औ शाखा स्थापना गरिएको छ ।

गाउँपालिकाको पहलमा शाखा स्थापना गरिएको कार्यकारी तथा प्रशासकिय अधिकृत केशवराज शर्माले बताए ।

बजेट झोलामा बोक्दाको जोखिम अब हट्ने हो । शर्माले भने ‘गाउँमै स्थानीय बैंकिङ कारोबार गर्न पाउँदा संघियताको महसुश गर्ने दाबी गरे ।

सनराईन बैंकले औपचारिक काम शुरु गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले भने ‘सबै नागरिकलाई बैंकिङ पहुँचमा ल्याउछौँ ।’ विगतमा स्थानीय पाएका दुखलाई मेट्ने प्रयास गरिने बताएका छन् । गाउँमा सनराईज बैंकको शाखा जाँदा स्थानीय उत्साहित भएका छन् । अब गाउँमै बैंकिङ कारोबार गर्न पाईने, एकदिनको बास बस्नुपर्ने अबस्थाबाट छुटकरा पाईने भन्दै स्थानीय प्रेम परियारले खुसी व्यक्त गरेका छन् ।

९ वटै वडालाई पाएक पर्ने गरी बैंक स्थापना भएकोमा सहजता हुने अपेक्षा व्यक्त गरे । सनराईज बैंकले सदरमुकाममा शाखा स्थापना नगरी सिधै स्थानिय तहमा आएको स्थानिय धन्यबाद दिएका छन् ।

 अब आयोजनादेखि भत्ता पनि बैंकबाट

गुठिचौर गाउँपालिकामा अब सबै काम बैंकिङ खाताबाट मात्रै हुने भएको छ ।

गाउँपालिमा हुने विभिन्न विकास निमार्ण आयोजनाका रमक भुक्तानी, सामाजिक सुरक्षा, बालपोषण भत्ता, कर्मचारीको तलब लगातबा सबै कामहरु बैंकबाटै हुने सनराईज बैंक लिमिटेड जुम्ला शाखाका प्रबन्धक जीवन केसीले बताए ।

उनका अनुसार, आईतबार बाटै औपचारिक काम शुरु भएको छ भने आजैबाट सबै बृद्धबृद्धलाई बैंकमा खाता खोल्न लगाइएको छ ।

आईतबार बैंकमा खाता खोल्न आएका स्थानीय कृष्ण सार्कीले निकै खुसी हुदै गाउँमा बंैकङि सेवा दिएकोमा गाउँमा सिंह दरबारको महसुश भएको उल्लेख गरे ।

त्यस्तै, अर्का स्थानीय नन्दप्रसाद न्यौपानले स्थानीय तहमा बैंक आउनु राम्रो भएको भन्दै अब यहाँबाट पाईने सेवा छिटो छरितो हुनु बताए ।

यो बैंक संगै जुम्लाका सिंजा गाउँपालिकाको नराकोटमा नेपाल बंगलादेश बैंकको शाखा स्थापना भएको छ भने अझै ५ वटा स्थानीय तह बैंकविहिन रहेका छन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

आइतबार, २५ चैत २०७४ 

प्रतिक्रिया

Related