नेपालका लागि जलमार्ग सम्भव छ, तर कसरी ?

कहाँ बनाउँदैछ भारतले जलमार्ग ? कहाँसम्म जोडिन्छ ?
निर्माण सञ्चार, काठमाडौँ | तीन दिने भारत भ्रमणका लागि शुक्रबार गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फिर्किसकेका छन् ।

भ्रमण सपलतापूर्ण भएको बताउँदै भारतसँगको सम्बन्ध अझै प्रगाढ बढ्ने विश्वास गरेका छन् ।

विभिन्न विकासे ठूला आयोजनाको विषयमा छलफल गरेका ओलिले भारतीय समुद्रसँग नेपालको पहुँच विस्तार गर्ने बताएका थिए । यसअघि जलमार्गका विषयमा अध्ययन गरिने बताइएपनि हालसम्म हुन सकेको छैन ।

तर प्रधानमन्त्रीको भ्रमणका बेला सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा जलमार्गका विषयमा अध्ययन गर्ने विषय नपरेर जलमार्ग निर्माण नै गरेर समुद्रसँग नेपालको पहुँच विस्तार गर्ने विषय रहेको थियो ।

० कोसी, गण्डकी र कर्णाली नदीको सम्भावना अन्तरदेशीय स्थलीय जलमार्ग सञ्चालनको सम्भावनामा नेपालका कोसी, गण्डकी र कर्णाली नदीमा रहेको जानकारहरु बताउँछन् ।

तर, हालसम्म ती नदीहरुमार्फत् कसरी जलमार्ग बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन समेत हुन सकेको छैन ।

कट्स इन्टरनेसनलको एक अध्ययनअनुसार नेपालका ती तीन ठूला नदी हुँदै गंगासम्म अन्तरदेशीय जलमार्ग बनाउन सकिन्छ ।

कहाँसम्म जोडिन्छ जलमार्ग ?

कोसी, गण्डकी र कर्णाली नदीबाट गंगासम्म जलमार्ग बन्ने बताइएको छ ।

यो जलमार्ग भने गंगा हुँदै कोलाकाता–हल्दियासम्म जोडिनेछ ।

 कहाँ बनाउँदैछ भारतले जलमार्ग ?

हाल भारतले हल्दियाबाट इलाहाबादसम्म गंगा नदीमा नेसनल वाटरवेज–१ नामको जलमार्ग निर्माण गरिरहेको छ ।

विश्व बैंकले समेत सहयोग गरेको यस जलमार्गको वाराणसीसम्मको खण्ड सन् २०१८ को अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गंगा नदीसँग जोडिएका तीन ठूला नदीहरू (कोसी, गण्डकी र कर्णाली)मा समेत जलमार्ग बनाउने योजना भारतले यसअघि नै बनाइसकेको छ ।

 नेपालमा भएन जहाजबारे अध्ययन ?

वाटरवेज–१ नामको जलमार्ग निर्माण सम्पन्न भएपछि वाराणसीसम्म १५ सयदेखि २ हजार टनसम्मका पानीजहाज आउन सक्ने अनुमान गरिएको छ ।

यसअनुसार त्यहाँ सयदेखि १ सय ५० कन्टेनर बोकेका पानीजहाज आउनेछन् ।

हल्दिया बन्दरगाहसम्म ठूला जहाज (मदर भेसल) आउन सक्ने अध्ययनले देखाएको छ । यसैगरी कोलकातासम्म ४ सय कन्टेनर बोक्ने जहाज आउन सक्नेछन् ।

नेपालमा भने कुन आकारका जहाज ती नदीमा आउन सक्छन् भन्ने अध्ययन हालसम्म गरिएको छैन ।

जलविज्ञ अजय दीक्षित भन्छन्, ‘ नेपालका नदीमा जलमार्ग बनाउने विषयमा राजनीतिक तहमा सहमती भइसकेको छ, तर प्राविधिक तहमा यसको कुनै तयारी नभएको देखिन्छ ।’

नेपालमा कस्ता खालको जलमार्ग बनाउने ? नेपालका नदीमा कस्ता खालका जहाज ल्याउन सकिन्छ ? लगायतका विषयमा अध्ययन गर्ने निकाय नै नभएको जलविज्ञ दीक्षितको दाबी छ ।

नेपालमा जलमार्ग बनाउने विषयमा राजनीतिक तहमा सहमति भए पनि प्राविधिक तहमा यसको कुनै पनि तयारी भएको नदेखिएको जलविज्ञ अजय दीक्षितले बताए ।

नेपालबाट बगेर जाने नदीमा जलमार्ग बनाउन गंगा नदीमा बनाए जस्तै सजिलो नहुने उनको भनाई छ ।

....

सोमबार, २६ चैत २०७४

प्रतिक्रिया

Related