नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र रिलायन्स लाइफ इन्स्योरेन्स बिच बैंकएस्योरेन्स सम्झौता

निर्माण सञ्चार, काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र रिलायन्स लाइफ इन्स्योरेन्स बिच बैंकएस्योरेन्स सम्झौता भएको छ ।

लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी चैत्र २७ गते उक्त सम्झौता भएको हो । यस सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्नुपर्ने हुन्छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रबीण रमन पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

...

बुधबार २८, चैत्र ०७४

प्रतिक्रिया

Related