रामेछापमा सनराइज बैंककाे ८० औँ शाखा विस्तार

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा नयाँ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय श्री जर्नादन शर्मा र श्याम कुमार श्रेष्ठ र बैंकका अध्यक्ष श्री मोतीलाल दुगडले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

हाल सनराइज बैंकले मुलुकभर ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

...

बुधबार २८, चैत्र ०७४

प्रतिक्रिया

Related