आगामी साउनमा थपिदैँछ बिजुली, कुनबाट कति ?

सबैभन्दा ठूलो आयोजना चमेलिया
निर्माण सञ्चार, काठमाडौँ | आगामि साउनसम्ममा निजी र सार्वजनिक दुवैको गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।

कुल २२ ओटा आयोजनामध्ये १३ वटा आयोजनाको ९२.३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको विद्यत् विकास विभागले जानकारि दियो ।

निर्माणको अन्तिम चरणमा रहेका बाँकी ९ ओटा आयोजनाको १११.२५ मेगावट विद्युत् चालूवर्षको अन्त्यसम्ममा राष्ट्रिय ग्रिडमा आबद्ध हुने भएको छ ।

निर्माणको अन्तिम चरणमा आइपुगेका कुल २२ वटा आयोजनामध्ये हालसम्म ९२.५३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध भइसकेको छ ।

गत फागुनमा ३० मेगावाटको चमेलिया राष्ट्रिय ग्रिडमा जोडिएको थियो ।

झण्डै १० वर्षको अवधिमा सम्पन्न चमेलिया चालु आवमा पूरा हुने तथा त्यसअघि पूरा भएको सूचिमामध्ये सबैभन्दा ठूलो आयोजना हो । प्रतिमेगावाट ५५ करोड रुपियाँ लागत रहेको चमेलियाको निर्माण प्राधकरणले गरेको हो ।

कुन आयोजनाबाट कति विद्युत् ?

काबेली बीः २५ मेगावाट

तल्लो हेवाः २१.६ मेगावाट

तल्लो मोदिखोलाः २० मेगावाट

कुलेखानी तेस्रो:१४ मेगावाट

थापाखोलाः १३.६ मेगावाट

मदक्यु खोलः १३ मेगावाट

बाँकी आयोजनाः १० मेगावट भन्दा कम

हाल कति मेगावट विद्युत् सञ्चालनमा

प्राधिकरणका १८ वटा आयोजनाः ५००.३६२ मेगावट

निजी क्षेत्रको ५४ आयोजनाः ४७१.४६५ मेगावाट

हालसम्म ७२ मेगावट आयोजनाको कुल ९७१.८२७ मेगावट विद्युत् सञ्चालनमा रहेको विभागको भनाई छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहित ६०२ मेगावाट बिजुली पनि आगामि वर्षमा प्रणालीमा आउने भएको छ ।

यो आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माणधिन अवस्थामा छ ।

त्यस्तै, गत वर्ष प्रणालीमा ११६.५९ मेगावाट बिजुली आबद्ध भएको थियो, जसमा चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ए (५० मेगावाट) सबैभन्दा ठूलो थियो। माथिल्लो मस्र्याङ्दी ए डलर पीपीए भएको आयोजना हो ।

....

आइतबार, २५ चैत, २०७४ 

प्रतिक्रिया

Related