आधारात मध्यसडकमा जब भ्रष्टाचारी विरुद्ध साक्षी बस्न पुगेँ– आचार्य

बूढानीलकण्ठ नगरपालिका भ्रष्टाचार काण्ड र प्रेरणा
निर्माण सञ्चार, काठमाडौं । हाम्रो समाज कति तल गिरोको रहेछ भन्ने देखाउने ज्वलन्त घटना बन्न पुग्यो बूढानीलकण्ठ नगरपालिका भ्रष्टाचार काण्ड ।

समाज बदल्ने कुरा, त्यो पनि भ्रष्टहरुकै हातबाट कति सम्भव होला भन्ने चिन्ता त्यो मध्यरातको चिसो सडकमा मेरो मनमा खहरेझैं उर्लेको छाल सरह बगिरह्यो ।

मनमनै प्रश्न गरें देशका प्रधानमन्त्रीज्यूलाई, ‘ओलीज्यू, तपाईंको भ्रष्टाचार विरोधी अभियानमा दर्जनौं रात परे पनि म सडक कुर्न र छापा मर्न तयार छु । तर, यतिसम्म भ्रष्टहरुको देश नेपाल बनिसकेको भन्ने तपाईंलाई थाह होला र !

जुन मुलुकमा महिलाहरु नै यतिसम्म तल गिरोका रहेछन् ‘भ्रष्ट–आचार’ मा भन्ने देखेको दिन महिलामाथि रहेको सम्मानको अलिकति कुना पनि बन्द हुन पुगेको छ !’

हाम्रो समाजमा संस्कार र संस्कृति अनि आचार र सद्भावका हिसाबले महिलाहरु पुरुष भन्दा माथि छन् भन्ने गरिन्छ ।

तर, जुन नगरपालिकाकी प्रशासकीय प्रमुख रहेकी उपसचिव (लीला अधिकारी) महिला नै घुसका लागि यति तल गिरेर गोरख धन्दा गर्दिरहिछन्, भने अब मुलुकको जिम्मेवारी महिलाकै काँधमा दिने दिन आयो भने कतिपल्ट सोच्नु पर्ने होला ?

यस्तै सोच्तासोच्दै रातको साँढे २ बजेको थियो ।

अख्तियार र प्रहरी अनुसन्धानकर्मीहरुले साक्षी बसेकोमा धन्यवाद दिए । लाजिम्पाटको मध्यसडकबाट तब मात्र डेरातिर हानिएँ । बाटोमा फर्न थाले हजारौं कुराहरु ।

‘आखिर सबै महिला भ्रष्ट हुँदैनन्, न त सबै पुरुषहरु नै वेशुल्ला ...!’

यस्तो निष्कर्ष निकाल्दै ओच्छ्यान तताएको थिएँ ।

घटना: पटाक्षेप

त्यो रात, (चैत २६, ०७४) साँढे ९ बजे म बालुबाटार हुँदै डेरामा फर्किदै थिएँ । बालुवाटार प्रधानमन्त्री निवाशदेखि अझै अघिल्तिर लाजिम्पाट पट्टिी मध्य सडकमा आधा दाया साइडमा हेड लाइट बालेर २ ओटा गाडी दुईतिर फर्काएर राखिएको ठाउँमा पुगेर म पनि रोक्किन पुगें ।

वरपर गाडीले घेरिएको बीचको खुल्ला स्थानमा केही मानिसहरु, पोलिस अधिकारी सहित केही कागजातमाथि नजर डुलाइरहेका थिए । साथमा कुर्ची पनि । वरपर मानिस हरु ।

के भएको होला भन्ने मनमा प्रश्न उठ्यो । बाइक साइड लगाएँ । सोधपुछ गर्न थालें ।

‘के भएको हो सर यहाँ ?’

‘यो तपाईको चासोको विषय होइन,’ कोही अपिचित मानिसले मुखमै नहेरी रुखो जवाफ फर्कायो ।

मलाई चल्यो झोंक ।

मैले पनि जवाफ फर्काएँ, ‘एउटा देशको सचेत नागरिक भएको नाताले कुनै कुरा सोध्न पनि नपाइने भन्ने हुन्छ र ? हामी पनि सहयोग गर्न सक्छौं कि !’

मेरो कडा स्वरमा निवेदन पनि मिसिएको थियो । मेरो रबैया फरक छ है भन्ने ठान्ने गरी मैले बोलेको थिएँ । त्यति कुराकानीमै प्रहरीले आफू नजिकै बोलायो ।

कुरा खुल्दै गयो । घटना रहेछ बूढानीलकण्ठ नगरपालिकामा महिला अधिकारी सहित एकजना इन्जिनियरलाई रंगे हात पक्राउ गरिएको ।

जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारी र नेपाल प्रहरीको टोलीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको रहेछ ।

बुझ्ने बित्तिकै खुसी पनि लाग्यो । अब प्रधानमन्त्री ओलीले भनेजस्तै मुलुक भ्रष्टाचारका लागि शून्य सहनशील बनिसकेको रहेछ ।

मुलुक सुध्रन कति पनि बेर लाग्दैन !

प्रहरी सहितको रहोबरमा स्टिड अप्रेसन भएको त्यो जमिन रोकिरहेको यौटा गाडीभित्र थिइन् एक सुन्दरी । रुपले राम्री देखिए पनि आनी बानी भ्रष्ट रहेछ भन्ने त तस्वीर आफैं बोलिरहेकै थियो ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रहेकी लीला अधिकारीलाई देख्दा टिठ लागेर आयो ।

मनमनै सोधें, ‘लीलाजी, लोकसेवा आयोगको परीक्षा दिदा घुस कसरी खाइन्छ, जनताप्रति अनुत्तरदायी कसरी हुनु पर्छ, सुशासन होइन कुशासनमा कसरी विश्वकीर्तिमानी राख्न सकिन्छ भन्ने जस्ता परीक्षा दिएर आएकी हौं ?’

नारी प्रतिको स्वतः आदरभाव पनि जमेको ढुंगा जस्तो भयो । देश बनाउने भन्ने इन्जिनियरहरु पनि देश बिगार्ने दलालहरुको भरौटे बनेको देखेर दिक्क पनि लाग्यो ।

किनकि, लीलासँगै घुसलीलामा सरिक इन्जिनियर वीजेन्द्र श्रेष्ठ पनि रंगे हात पक्राउ परेका थिए । ५ लाख घुस सिहत उनीहरु अख्तियारको छापामा परेका थिए ।

अनुसन्धानमा एसपी हृदय थापा, डिसपी हेम थापा पनि उक्त अध्ययनमा सरिक थिए । कागजातको आँकडा हेरिदै थियो ।

साक्षी खोज्दा पाइएन सर !

कुराकानी हुँदै गयो । प्रहरीले साक्षी खोज्दा नपाएको गुनासो गर्यो । किनकि प्रक्रियालाई पूर्णता दिनु थियो । सर्वसाधारणबाट एक जाना साक्षी उनीहरुलाई चाहिएको थियो ।

मलाई के खोज्छस काना आँखो भनेजस्तै भयो । मैले आफू साक्षी बस्ने निर्णय सुनाइदिएँ । अनुसन्धान टोली खुसी भयो । म बस्ने बित्तिकै सोही वडाकी जनप्रतिनिधि सीता थापा पनि हौसिइन् ।

काम पुगिहाल्यो ।

जिन्दगीमा भ्रष्टहरु विरुद्धको पहिलो साक्षी, त्यो पनि मध्यरातमा मध्य सडकमा । बस्दाको अनुभव तितो तितो नै लागिरहेको थियो ।

साक्षी बस्नेबेलासम्म साँढे १२ भन्दा बढी भइसकेको थियो समय । साक्षीका हैसियतले हस्ताक्षर गर्दै गर्दा झल्झली मुहार याद आयो मुलुकका प्रधानमन्त्रीज्यूको ।

‘हामी युवा, अनि मुलुक । खाडीमा गएर मरिरहेको युवा । अनि कर्मचारी तन्त्र र भ्रष्टहरुको चंगुलमा फसेको यो देश । जहाँ रोजगारीका नाउँमा मानव बेचबिखन गर्न पाउनु पर्छ, एउटा मानिसलाई खाडी तिर पठाए बापत् यति रकम पाउनै पर्छ भन्दै मानव बेचबिखन गर्ने गिरोह सक्रिय भएको यो मुलुक । जहाँ सडकदेखि सदनसम्म सिन्डिकेटमा चल्छ । सार्वजनिक सेवाको यातायातमा रहेको सिन्डिकेट तोड्ने हिम्मत गरेजस्तै मेनपावर कम्पनीहरुको सिन्डिकेट, अराजकता तोड्ने हिम्मत प्रम ओलीले चाँडै गरे हुन्थ्यो कि ! अनि यी लीला अधिकारी जस्ता भ्रष्ट कर्मचारीतन्त्रबाट मुलुक फर्ने नयाँ तकिर्ब सुझाए हुन्थ्यो कि !

यस्ता अपेक्षाहरु झल्झल्ती झर्न थाले ।

अब प्रधानमन्त्रीज्यूको यो भ्रष्टाचार मुक्त मुलुकको सपनामा म सामेल हुने संकल्प बुन्दै मेरो मन एकाएक संसार विरण गर्न थाल्यो ।

म झल्याँस्स भएँ, जति बेला प्रहरीले मुचुल्का मेरा अघि तेस्र्यायो । मुचुल्कामा हस्ताक्षरसँगै खानतलासीसम्म हेरियो ।

मुलुक हेरियो मुख फेरियो भन्ने उखान लिएर पर्यटक नेपाल आउँदा यस्तै दृश्य देखे भने कस्तो सन्देश जाला ?

घडी हेरें । काम फत्ते गर्दा रातको साँढे २ बजिसकेको थियो । अनि हानिएँ आफ्नै डेरातिर ।

मनमनै प्रधानमन्त्री र उनको मुलुक बनाउने सपना बाहेक केही आएन । समृद्ध मुलुकका खुसी जनता बनाउन प्रधानमन्त्री मात्रै लागेर हुन्छ होला र !

सहयोग गर्ने कर्मचारीतन्त्र यति हीन चरित्रको देखिन्छ । यतिसम्म गिरेको कर्मचारीतन्त्र !

उफ् ...

सुत्नु अघि, घर हिड्दै गरेको एक पठ्ठो किन रात बिताएर साक्षी बस्न पुगेको होला ? आफैंमा प्रश्न उठ्यो । जतिबेला पनि प्रधानमन्त्री ओलीकै सग्लो तस्वीर झल्किन्छ ।

प्रेरणाका रुपमा भ्रष्टाचार विरोधी समाज बनाउन, सुशासन दिन, युवा रोजगार सिर्जना गर्न, मुलुक बनाउन भन्ने उनका वाणीहरु कानमा गुञ्जिरहे ।

आखिर म ओलीकै लागि मात्र त यसरी प्रेरित भएको त हैन नि ।

किनकि मसँगै त मेरो भविष्य पनि छ । मेरो भावी सन्तती पनि त छन् । बस्, मैले पनि त मुलुक बनाउनु पर्छ । मेरो पनि दायित्व हो ।

निष्कर्ष निकाल्दै भ्रष्टाचार विरुद्ध अभियानमा शून्य सहनशीलता बोक्दै सडकभर हिड्ने प्रण गरें । जहाँ देखिन्छ, जतिबेला भेटिन्छ भ्रष्टाचार छाड्दैन अब भैरे भेषराजले भन्ने संकल्प लिएर बाँच्ने प्रण गरें ।

 

...

युवा संघ नेपालमा आबद्ध आचार्य (बरुण) भूकम्प पछिको पुनर्निर्माणमा सामाजशास्त्रीय कोणबाट अध्ययन गर्दै रहेका पिएचडी स्कलर पनि हुन् ।

 

 

...

बुधबार, २८ चैत, ०७४

 

प्रतिक्रिया

Related