डलर र सुनमा ध्यान नदिँदा नेपाल राष्ट्र बैंकको २७ अर्ब ६३ करोड नोक्सानी !

सटही दरमा हुने सामान्य घटबढले वित्तीय स्थितिमा ठूलो असर
निर्माण सञ्चार, काठमाडौँ | नेपाल राष्ट्र बैंकको एक आर्थिक बर्षमै २७ अर्ब ६३ करोड रुपियाँ नोक्सान भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार बैंकको सम्पत्तिको एक हिस्सा वैदेशिक मुद्रा तथा अन्तर्राष्ट्रिय बजारको सुनमा रहेकोमा सटही दरमा हुने सामान्य घटबढले पनि वित्तीय स्थितिमा ठूलो असर पर्छ ।

यसअनुसार अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा बैंकलाई २३ अर्ब ७५ करोड रुपियाँ नोक्सान भएको छ ।

यसैगरी, सुनको मूल्यमा ४.०२ प्रतिशत गिरावट आउँदा ३ अर्ब ८८ करोड नोक्सान भएको प्रतिवदेनमा उल्लेख छ ।

यसरी हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अन्तराष्ट्रिय बजारमा उपलब्ध हेजिङ्ग उपकरणहरुको प्रयोग गर्नसकिने प्रतिवेदनमा उल्लेख छ ।

...

शुक्रबार ३० चैत २०७४

प्रतिक्रिया

Related