संघीय संरचनामा ब्युरोक्र्याट्सलाई होइन टेक्नोक्र्याट्सलाई प्राथमिकता देऊ सरकार –पेपान

‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन कन्स्ट्रक्सन ब्रेनलाई अगाडि बढाउन जरुरी –कृष्ण सापकोटा
निर्माण सञ्चार,काठमाडौं | संघीय संरचनामा ब्यूरोक्रेसीलाई प्राथमिकतामा राख्ने भन्दा पनि ‘टेक्निकल नलेज’ भएका प्राविधिक इन्जिनियरहरुलाई प्राथमिकतामा राखेर प्रशासनिक संरचना बनाउन सरकारलाई प्रगतिशील इन्जिनियरिङ पेशाकर्मी संघ नेपाल (पेपान) ले सुझाएको छ ।

सरकारले भर्खरैमात्र खाका कोर्दे गरेको संघीय संरचनामा प्रशासनिक संरचना र अवस्थालाई लिएर पेपानले गम्भीर आपत्ति प्रकट गरेको हो ।

गत विहीबार पेपानले प्रेस विज्ञप्ति नै जारी गरी कर्मचारी व्यवस्थापनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्राविधिक विज्ञहरुको उपस्थिति नगराएको प्रति घोर आपत्ति रहेको बताएको छ ।

निर्माण सञ्चारसँग कुरा गर्दै पेपानका सदस्य सचिव डा.माधवप्रसाद कोइरालाले सरकारले प्राविधिकहरुलाई बेवास्था गर्नु राज्यका लागि अति नै दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने – ‘सरकारले लिएको आर्थिक समृद्धिको एजेण्डा त्यतिबेला पूरा हुन्छ जतिबेला भौतिक संरचना बनाउने इन्जिनियरहरुलाई प्राथमिकतामा राखिन्छ ।’

‘त्यस्तै समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सफल बनाउन प्राविधिक इन्जिनियर अर्थात् कन्स्ट्रक्सन ब्रेनलाई प्राथमिकता दिनुपर्ने तर्क राख्छन् स्केफका महासचिव कृष्ण सापकोटा ।

प्राविधिकको सीप र क्षमतालाई बेवास्ता गर्दै जनशक्ति व्यवस्थापन गर्र्नेे हो भने सरकारको अभियान सफल नहुने उनको दाबी छ ।

भौतिक पूर्वाधार विना आर्थिक क्रियाकलाप बढ्न नसक्ने हुँदा पनि अबको सरकारले जनशक्ति व्यवस्थापनमा प्राविधिकहरुलाई प्राथमिकतामा राख्नुपर्ने सम्पूर्ण प्राविधिक जनशक्तिहरुको माग रहँदै आएको छ ।

सरकारले समयमा नै प्राविधिक जनशक्तिलाई प्राथमिकता नदिँदा आज हजारौं प्राविधिकहरु विदेश पलायन भएका छन् ।

  


  ...

शुक्रबार ३० चैत २०७४ 

प्रतिक्रिया

Related