राराबाट प्रधानमन्त्री– ‘पैसा भएर मात्रै धनी बन्ने होइन, विकास भएपछि मात्रै बनिन्छ धनी’

विकासका कार्यक्रम ल्याए पैसाको कमी हुन नदिने प्रधानमन्त्रीको भनाइ
निर्माण सञ्चार, मुगु | कर्णाली पयर्टन वर्ष २०७५ को उद्घाटन गर्न मुगुको रारामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा भएर मात्रै धनी बन्ने नभई विकास भएपछि मात्रै धनी बनिने बताएका छन् ।

नयाँ वर्षको दिन जनाताका नाममा शनिबार राराकै डिलबाट सम्बोधन गरेका प्रधानमन्त्री ओलिले नयाँ वर्षको शुभकामना सहित नयाँ सन्देश दिएका छन् ।

उनले विकासको कार्यक्रम ल्याए सरकारले पैसाको कमी हुन नदिने समेत बताए ।

प्रधानमन्त्री ओलिले भने ‘सरकारले विकासमा पैसा कमी हुन दिँदैन, तपाईँहरु विकासका कार्यक्रम ल्याउनुस् सरकारले पैसा दिन्छ ।’

सदरमुकाम सुर्खेतबाट कर्णाली प्रदेशका हरेक जिल्लालाई हवाई सेवाले जोड्ने बताउँदै उनले विमानले सेवा दिन नसकिने ठाउँमा हेलिकप्टरबाटै भएपनि सेवा दिने दाबी गरे ।

प्रधानमन्त्री ओलिले रारा आइपुग्ने बाटोको स्तरोन्तिसँगै नयाँ पदमार्ग र साइकल लेन विकास गरिने बताए ।

साथै कर्णाली प्रदेशबाट चीनतर्फका सबै नाका खोलिने पनि उनले जानकारी दिए ।

...

शनिबार १ वैशाख, ०७५ 

प्रतिक्रिया

Related