२५औं बसन्तमा एनएमएचडिएः ‘माइक्रो हाइड्रोका समस्या समाधान गर्न म आफैं लाग्ने छु’– ऊर्जा मन्त्री पुन

तस्वीरमा ‘नेपाल माइक्रो हाइड्रो डिभालप्मेन्ट असोसिएसन’ को २५औं वार्षिकोत्सव
निर्माण सञ्चार, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालमा सञ्चालित लघु तथा मध्यम स्तरका ऊर्जा उत्पादकहरुका समस्यालाई समाधान गर्ने बताएका छन् ।

जनयुद्धदेखि नै आफूले साना तथा लघु जलविद्युत्का समस्याहरु बुझ्दै आएको सन्दर्भ कोट्याउँदै मन्त्री पुनले माइक्रो हाइड्रो सम्बन्धी नीतिगत संरचना नै तयार गरी बजेटबाटै समस्या सम्बोधन हुने गरी आफू लागि पर्ने बचन समेत दिएका छन् ।

राजधानीस्थित होटेल अन्नपूर्णमा शुक्रबार भएको ‘नेपाल माइक्रो हाइड्रो डिभालप्मेन्ट असोसिएसन’ को २५औं वार्षिकोत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले देशलाई उज्यालो बनाउन माइक्रो हाइड्रोको योगदान महत्त्वपूर्ण रहेको समेत बताएका छन् ।

लामो समय पछि उत्साहजनक उपस्थितिमा एनएमएचडिएले आफ्नो २५ औं साधारण सभा तथा रजत जयन्ती विशेष समारोह सम्पन्न गरेको हो ।

२ दिने कार्यक्रम आयोजना गरेको एनएमएचडिएले पहिलो दिन नेतृत्व चयन गरेको थियो भने दोस्रो दिन नेपालमा भइरहेका लघु तथा मध्यम स्तरका जलविद्युत् विकासबारे संविधानमा रहेको व्यवस्थाबारे जानकारी गराउँदै चुनौती र अवसरबारे गोष्ठी सञ्चालन भएका थिए ।

एनएमएचडिएको यस साधारण सभाले अघिल्लो नेृतत्वमा सामान्य हेरफेर गर्दै अध्यक्षमा कृष्णप्रसाद देवकोटा र महासचिव तेजनारायण ठाकुर नेतृत्वकै नयाँ कार्यसमिति चयन भएको छ ।

लघु तथा मध्यम ऊर्जा उत्पादनका समस्याबारे अवगत गराउने र अबको संघीयतामा यस खाले जलविद्युत्लाई विकासको मूल प्रवाहमा प्राथमिकताका साथ लैजना सरकारलाई दबाब पनि दिने उद्देश्यले आयोजित समारोहमा यस क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरुको समेत सम्मान गरिएको थियो ।

पढौं यो पनि

तस्वीरमा समापन समारोह

  

 

 

 

...

शनिबार १ वैशाख, ०७५

 

प्रतिक्रिया

Related