रघुवीरले गरे ‘आइस–ब्रेक’- इतिहासमै पहिलो मन्त्रालय निर्माण व्यवसायी अन्तक्र्रिया

निर्माण सञ्चार, काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्रालय तथा नेपालको निर्माण उद्योगको इतिहासमै पहिलो पटक आफू मातहतका परियोजनामा काम गर्ने निर्माण व्यवसायीहरु बीच अन्तक्र्रिया गरेको छ ।

अब फेरौं मुलुक, फेरौं विकासको ट्रेन्ड 

मन्त्री रघुवीर महाशेठ आफ्नै सक्रियतामा आयोजित उक्त कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिषद् लगायत संस्थामा आवद्ध निर्माण व्यवसायीहरु सहभागी थिए ।

मन्त्रीले व्यवसायीहरुका गुनासा सम्बोधन गर्न कुनै काम पनि बाँकी नराख्ने बताए ।

उनले आज अघिका क्रोनिक ठेक्काहरु आवश्यक परे १ वर्ष भन्दा बढी अवधि पनि समय थप्ने तर कमसल काम भए जो सुकै निर्माण कम्पनीलाई पनि नछाड्ने बताए ।

उनले निर्माण क्षेत्रमा अब मनी र मसलको युग समाप्त भएको पनि बताए । कार्यक्रममा निर्माण व्यवसायीहरुले आफ्नो क्षेत्रको समस्या, सार्वजनिक खरिद ऐनका समस्या, मातहत विभाग र तालुकदार मन्त्रालयहरुबाट गरिएको नीतिगत भ्रष्टाचार आदि बारे खुलेर राखेका थिए ।

तस्वीरमा एक झलक

 

  

...

बिहीबार, २९ चैत, ०७४

 

प्रतिक्रिया

Related