मिस नेपाल ‘श्रृंखला खतिवडा’

निर्माण सञ्चार, काठमाडौँ | ‘मिस नेपाल– २०१८’ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले बाजी जितेकि छिन् ।

बुधबार हिडन ट्रेडरले काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ मा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधि जितेकि छिन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदैँ खतिवडाले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् ।

उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा चुनिएका एमालेका सासंद हुन् ।

उनकी आमा मुनु सिग्देल भने नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

श्रृंखलाले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

...

बिहिबार, २९ चैत २०७४

प्रतिक्रिया

Related