रारा पर्यटन वर्षको उद्घाटन शनिबारः कर्णाली प्रतिष्ठानको सिनेट बैठक सर्यो

निर्माण सञ्चार, कर्णाली प्रदेश । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुक्रबार हुने भनिएको सिनेट बैठक स्थगित भएको छ ।

शुक्रबारका लागि तय गरिएको सिनेट बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको समय व्यवस्तताका कारण सरको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी गराए अनुसार शनिबार रारा पर्यटन वर्षको उद्घाटनपछि सिनेट वैठक बस्ने छ । तर, प्रतिष्ठानमा शुक्रबार हुने सिनेट वैठकको तयारी भने पुरा भइसकेको थियो ।

रारा पर्यटनले गति लिदै

०७५ बैशाख १ गते शनिबारका दिन रारा पर्यटन वर्ष २०७५ को उद्घाटन हुने भएको छ । उक्त कार्यक्रम उद्घाटन पछि जुम्लामा आएर सिनेट बैठक बस्ने कार्यतालिका रहेको प्रतिष्ठानका डिन प्रध्यापक डाक्टर मोदनाथ मरहट्ठाले बताए । ‘तामझामका साथ सिनेट बैठकको तयारी गरिएको थियो, तर राजधानीबाट पनि खबर ढिला आयो । त्यसैले वैठक पनि सारिएको हो,’ उनले भने ।

शनिबार सिनेट बैठकमा कर्णाली स्वास्थ्य विज्ञानको स्तरोन्नति, कर्णाली प्रदेश भरी सेवा विस्तार, आवश्यक उपकरण तथा चिकित्सक व्यवस्थापन र प्रतिष्ठानमा संचालन भइरहेका शिक्षण क्रियाकलपालाई गुणस्तरीय बनाउने जस्ता विषयमा प्रधानमन्त्री ओलीले पनि थप कुरा बोल्ने आशा गरिएको छ ।

बैठक तयारी गर्न स्वास्थ्य राज्यमन्त्री जुम्लामा

यही वैठकका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्तपाल जुम्लामा शनिबार बस्ने पहिलो सिनेट बैंकको पूर्वतयारीका लागि स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल बिहीबार जुम्ला आइपुगेकी छिन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शानिबार जुम्लामा बस्ने पहिलो सिनेट बैठकको पूर्वतयारीका लागि स्वास्थ्यराज्य मन्त्री अर्याल पुगेकी हुन् ।

सोही कार्यक्रमका लागि एमाले संसदीय दलका प्रमुख सचेतक तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी सहितको टोली आज साँझ जुम्ला आइपुगेको छ ।

कर्णाली स्वावि प्रतिष्ठान: खगराज अधिकारीको देन

पूर्व स्वास्थ्य मन्त्री अधिकारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाताका रुपमा चिनिन्छन् । २०७२ मा उनी स्वास्थ्य मन्त्री भएकै बेला दुर्गम कर्णालीमा अस्पताल स्थापना गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिवार्य सर्त रहेकाले उनको आफ्नै ‘इनिसिएसन’मा प्रतिष्ठान स्थापना भएको थियो ।

उनकै योगदान स्वरुप पश्चिम क्षेत्रकै पहिलो ठूलो ३ शय शैय्याको अस्पताल पनि बनेको हो । जहाँ कर्णालीको पहिलो सिनेट वैठक हुने भएको छ ।

मन्त्री रहेकै बेला अधिकारीले लोकप्रिय कार्यक्रम स्वास्थ्य बिमाको सुरुआत गरेका थिए भने उनकै पालादेखि महिलाहरुको पाठेघर क्यान्सर विरुद्धको भ्याक्सिन पनि निःशुल्क उपलब्ध गराएको थियो ।

जुम्ला आइपुगेकी राज्यमन्त्री अर्यालले भनिन्, ‘शुक्रबार नै प्रधानमन्त्री आउनु हुने पक्का थियो, तर कार्यक्रम जुधेपछि शनिबारका लागि सारिएको हो । शनिबार राराको कार्यक्रम उद्घाटन पछि सिनेट वैठक बस्ने छ ।’

 

 

...

बिहीबार, २९ चैत, ०७४

 

प्रतिक्रिया

Related