वैशाख १ गते (शनिबार) उनले राराबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । रारा पर्यटन वर्ष उद्घाटनका लागि ओली शुक्रबार हेलिकोप्टरमार्फत मुगुको रारा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष–२०७५ उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्धघाटन कार्यक्रमपछि जुम्लामा आएर सिनेट बैठक बस्ने कार्यतालिका रहेको प्रतिष्ठानका डिन प्रध्यापक डाक्टर मोदनाथ मरहट्ठाले बताए ।
यही वैठकका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्तपाल जुम्लामा शनिबार बस्ने पहिलो सिनेट बैंकको पूर्वतयारीका लागि स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल बिहीबार जुम्ला आइपुगेकी छिन् ।
सोही कार्यक्रमका लागि एमाले संसदीय दलका प्रमुख सचेतक तथा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी सहितको टोली बिहिबार साँझ नै जुम्ला पुगिसकेको छन् ।
...
शुक्रबार ३० चैत २०७४
प्रतिक्रिया