युवा संघ नेपालले अघि बढायाे साक्षरता अभियान, प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण सञ्चार, काठमाडौँ । युवा संघ नेपाल प्रदेश नं–२ को बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ ।

बिहीबार बसेको बैठकले कमिटीको कार्यदिसा सम्बन्धी केही महत्वपूर्ण निर्णय गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ५ गते सिराहबाट साक्षरता अभियानको उद्घाटन गर्ने याेजना युवा संघले बनाएकाे छ ।  साक्षरता कार्यक्रम सफल पार्न युवा संघले युवा परिचालन गर्ने भएकाे छ ।

बैठकले बैशाख २२ बधाई तथा शुभकामना, बैशाख महिनाभित्र संघको मातहतका कमिटीहरुलाई व्यवस्थित गरी भेला, प्रशिक्षण, सामाजिक सांस्कृतिक रुपान्तरण र आर्थिक समृद्धिको राष्ट्रिय दायित्व पूरा गर्न सहयोग पुग्ने गरी प्रत्येक कमिटीले एक–एक रचनात्मक कार्य सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो ।

प्रदेश–२ को ध्यान सरकारको भर्ना अभियानमा केन्द्रीकृत गर्ने र संघको मातहतका सबै कमिटीलाई परिचालन गर्न बैठकका अध्यक्ष मञ्जु यादव, सचिवहरु माधव बास्तोला र राजेश शाहले निर्देशन दिए ।

यसैक्रममा यो अभियानलाई सफल बनाउन संघका सदस्यहरुले प्रतिबद्धता जनाएका छन् ।

यसैगरी बैठकले केन्द्रीय कमिटीलाई ५ बुँदे सुझावहरु पेश गर्ने निर्णय गरेको छ ।

के छन् त पाँच बुँदेमा ?

१) विद्यालय भर्ना अभियानलाई सफल पार्नको लागि प्रभावकारी योजना बनाई कार्यान्वयन गरोस् ।

२) निकट भविष्यमा नै हाम्रो पार्टी नेकपा एमाले र माओवादी केन्द्रको एकता हुने र त्यसले हाम्रो संगठनलाई पनि असर गर्ने हुँदा परिवर्तित परिस्थितिमा युवा आन्दोलनको कार्यदिशा, कार्ययोजना, र कार्यक्रमहरुको तय गरोस् ।

३) एकतामा जाँदा संगठनको स्वरुप, ढांचा र ठोस योजना तय गरोस् ।

४) हामीले लामो समयदेखि उठाउँदै आएको युवा रोजगार बैठकलाई प्रत्येक प्रदेशमा स्थापना हुने गरी सरकारसँग माग गर्ने र कार्यान्वयनको लागि दबाबका ठोस् योजना ल्याओस् ।

५) अब संगठन एकताको दिशामा जाने हुँदा संगठनको एकता र नेतृत्वको गरिमालाई आँच आउने खालका गतिविधी, अभिव्यक्ति नदिनको लागि संघका नेताहरुलाई आग्रह गर्ने र यस प्रति सजग हुन सबैलाई आग्रह गर्ने ।

...

शुक्रबार ३०, चैत्र ०७४

प्रतिक्रिया

Related