अुनपमा खुँजेली बनिन् मेघा बैंकको पहिलो सिइयो

नेपालमै वाणिज्य बैंकमा पहिलो सिइओ बनिन् खुँजेली
निर्माण सञ्चार, काठमाडौँ | नेपालको बाणिज्य बैंकिङ क्षेत्रमा अनुपमा खुँजेली पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न सफल भएकि छिन् ।

अगामी चार वर्षका लागि खुँजेलीलाई मेगा बैंकले सिइओमा नियुक्त गरेको हो ।

करिब २७ वर्ष बैंकिङ अनुभव भएकी खुँजेलीलाई बिहिबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको बैंकको सञ्चालक समितिले जिम्मेवारी दिएको हो ।

चार/चार वर्षको दुई कार्यकाल सकेर अनिल शाह अवकास भएपछि उनी त्यहाँ कामु प्रमुख कार्यकारी अधिकृत भएकी थिइन् ।

तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंक पुगेकी थिइन् ।

लगनशील र चाँडै कुरा बुझ्ने क्षमता भएकि खुँजेलीले पहिलो महिला प्रमुख कार्यकारी अधिकृतमा नियक्त भएपछि हालको जिम्मेवारीलाई अवसर र चुनौती दुबै रुपमा लिएको दाबी गरिन् ।

‘पहिलो महिला सिइओ भएको छु’, म जसरी पनि सफल हुनैपर्छ ।’ सिईओ खुँजेलीले भनिन्, ‘मेरो सफलताले महिलाहरुलाई बैंकिङको उच्च तहमा काम गर्ने प्रेरणा दिने छ ।’

...

शुक्रबार ३० चैत २०७४ 

प्रतिक्रिया

Related