कणार्लीका निमार्ण संचारकर्मी परियार सम्मानित

निर्माण सञ्चार, जुम्ला | कर्णाली प्रदेश निमार्ण संचारकर्मी सागर परियारलाई सम्मान गरिएको छ ।

आफ्नो पत्रकारिता पेशा मार्फत् समाज रुपान्तरणका साथै आर्थिक पार्दशिता, विकास निमार्णमा खबरदारि र गाउँको विकासमा योगदान दिएको भन्दै तातोपानी गाउँपालिका २ नम्बर वडामा अवस्थित जुम्लाको नमुना भवानी आधारभुत विद्यालयले सम्मान गरेको हो ।

आईतबार एक औपचारिक कार्यक्रमकाबीच प्रमुख अतिथिका रुपमा आएका अध्यक्ष धन बहादुर बुढा, गाउँपालिका शिक्षा समितिका सदस्य रुद्रसिंह मल्ल तथा प्रधानाध्यापक अर्जुन बुढाले संयुक्त रुपमा खाँदा ओढाएर सम्मान पत्र सहित सम्मान गरेका हुन् ।

छोटो सयम पनि पत्रकारिता पेशा मार्फत गाउँमा समृद्धीको अभियान चलाएको भन्दै गाउँपालिका शिक्षा समितिका सदस्य रुद्रसिंह मल्लले राम्रो गर्ने उत्प्रेणका लागि पनि सम्मान गरिएको स्पष्ट पारे ।

स्थानीय हुँदै निमार्ण संचार मिडिया सम्ममा आबद्ध भई गाउँमा हुने हरेक विकास निमार्णका क्षेत्रमा र समाज समृद्धीको अभियानमा लागेकोमा सम्मान गरिएको बताए ।

निमार्ण मिडिया कर्मीको हिसाबले यहाँका हरेक विकास निमार्णको योजनामा दिगोपन, मापदण्ड अनुरुप संचालन भए/नभएका बारेमा वकालत गर्ने स्थानीयको अपेक्षा छ ।

‘पत्रकारिताको एउटै कामले पनि आमुल परिवर्तनको पाठ सिकाउँदो रहेछ’, अध्यक्ष धन बुढाले भने l

पत्रकारिता मार्फत समाज सेवा सरिक भएकोप्रति निमार्ण संचारकर्मी परियारलाई अध्यक्ष बुढाले धन्यबाद दिए ।

उनले निमार्ण संचारकर्मीको रुपमा समग्र प्रदेशको जिम्मेवारी सम्हालेर विकास निमार्णका विषय बस्तुलाई प्रथामिकता दिदैँ समृद्ध समाज रुपान्तरणको परिकल्पना संगै आफ्नो पेशा र समाज सेवामा लागेको भन्दै बधाई दिए ।

उनका अनुसार विकास निमार्णमा खबरदारी, छुवाछुत, सरसफाई, बृक्षारोपण, जाड रक्सी तथा जुवातास नियन्त्रण, किशोरी शसक्तिकरण लगायतका उदाहरणिय काम पत्रकार सागर परियारको अगुवाईमा गरेकोले उनले गरेको कामले समाजमा सकारात्मक प्रभाव देखाएको भन्दै विद्यालयलले सम्मान गरिएको हो ।

अहिले जर्मी गाउँमा पुर्ण रुपमा जुवाताज तथा मदिरा मुक्त भएको छ ।

आगामी दिनमा निमार्ण मिडियाको हरेक समचारले गाउँ समृद्धीको अभियनामा इट्टा काम गर्ने स्थानीयको अपेक्षा छ ।

 ...

मंगलबार, ४ वैशाख २०७५

प्रतिक्रिया

Related