किन अझै बनेन जयबागेश्वरी मन्दिर ?

वर्षौ वितिसक्दासम्म देशको पहिचान झल्काउने महत्वपूर्ण सम्पदाले पाएन पूर्णता
निर्माण सञ्चार, काठमाडौँ | नेपालको संस्कृतिक पहिचान झल्काउने अधिकांश धार्मिक सम्पदा तथा स्मारिका भूकम्पले क्षतविक्षत बनाएको छ ।

विनासकारी भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माण हालसम्म गरिसक्नुपर्नेमा कतिपय संरचना त अझै थालनी समेत हुन सकेका छैनन् ।

राजेश्वरी श्राद्ध पाटी, गौरीघाट चौघेरा सत्तल, बज्रेश्वरी सत्तल, महास्नान घर, पशुपति परिसरका सम्पदा र जयबागेश्वरी मन्दिरलगायतका सम्पदाले पुर्ननिर्माणले तीव्रता पएका छैनन् ।

ती स्मारिका तथा सम्पदाको पुनर्निर्माण गर्न पाँच वटा दातासँग सम्झौता गरे पनि अझै निर्माण सुरु हुननसकेको सम्बन्धीत भूकम्पले जयवागेश्वरी मन्दिरको गजुर नै भत्किएपछि पालले ढाकिएर राखिएको पनि वर्षौ वितिसकेको छ ।

यसले गर्दा मन्दिरको आकर्षणसहित स्वरुपमा समेत धक्का पुगेको छ । पशुपति विकास कोष नजिकै रहेको यो मन्दिर अलपत्र अवस्थामा छ ।

वर्षौ वितिसक्दासम्म देशको पहिचान झल्काउने यस्ता महत्वपूर्ण सम्पदाको निर्माणले पूर्णता पाउन सक्दैन भने देशको समृद्धिको कल्पना कसरी गर्न सकिएला ?

जयावागेश्वरी लगायत भूकम्पले क्षतिग्रस्त बनाएका धार्मिक तथा सांस्कृति सम्पदाको पुननिर्माण तत्काल थालनी हुन अति नै जरुरी छ ।

....

मंगलबार, ४ वैशाख २०७४ 

प्रतिक्रिया

Related