मुगुका दर्जन बालबालिका बने ओलीका छोराछोरी

‘२ वर्षमा निरक्षरता उन्मूलन गछौँ’– प्रम ओली
निर्माण सञ्चार, मुगु । नयाँ वर्षको शुभकामना आदनप्रदान गर्न मुगु पुगेको केपी शर्मा ओलीले निरक्षरता उन्मूलन गर्ने उद्देश्यले आफैँ अभिभावक बनेर नयाँ शैक्षिक सत्रमा १ दर्जन बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् ।

नयाँ वर्षसँगै मुगुका मार्गी र मुर्मा गाउँका १ दर्जन बालबालिकाको अभिभावक बनेर प्रधानाध्यापक सामु भर्ना गराएका हुन् ।

उक्त कार्यक्रममा केपी शर्मा ओलीले शिक्षाको धेरै सम्भावना हुँदाहुँदै पनि बालबच्चा शिक्षाको सुविधाबाट बञ्चित हुनु दुःखद् भएको बताएका छन् ।

कर्णाली प्रदेशमा अब शैक्षिक निरक्षर कोही हुन नहुने बताउँदै अबको २ वर्षमा निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिक क्षेत्रमा धेरै सम्भावना छ । रकम अपुग भए त्यसको समाधान केन्द्रीय सरकारको तर्फबाट प्रदेश सरकारलाई आस्वस्त पारे ।

पर्यटन वर्ष कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरुको सहभागिता थियो ।

अबको कर्णाली प्रदेश सँधै गरिब नभई समुन्नततर्फ लम्कने रारा पुगेका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

‘रारा समृद्धिको आधार पर्यटन विकास र पूर्वाधार’ मूल नारा रहेको कर्णालीबाट ‘रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरिएको छ ।

प्रधानमन्त्रीको नयाँ वर्षको शुभकामनासँगै रारामा उपस्थित भएका १० हजार सर्वसाधारणमा अब कर्णालीमा केही विकास हुन सक्ने आशा पलाएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

आइतबार, २ वैशाख २०७५

प्रतिक्रिया

Related