कहिले सकिन्छ कलंकी अन्डरपास ?

‘महिनाभित्रै ब्रेक–थ्रु गछौँ’– आयोजना प्रमुख भण्डारी
निर्माण सञ्चार, काठमाडौँ । कलंकी अन्डरपास निर्माणमा ढिलासुस्ती भएको छ । मुख्य आवत जावत गर्ने स्थान कलंकी अन्डरपास निर्माण कार्यकाे ढिलासुस्तीबाट सर्वसाधारण प्रत्यक्ष मार परेका छन् ।

सवारी जाम, हिउँदको समयमा धुलो, वर्षाको समयमा हिलोको समस्या कलंकीबासीले भोग्नु परेको छ । पछिल्लो थपिएको म्याद अनुसार करिब साढे ३ महिनामा कलंकी–कोटेश्वर चक्रपथ विस्तारको काम सक्नुपर्ने हाे । तर, कलंकी अन्डरपासजस्तै अन्य स्थानमा पनि काम पुरा नहुँदा कलंकी–कोटेश्वर चक्रपथ सडक विस्तार प्रभावित हुने गरेको छ ।

आठ लेनमा विस्तार हुँदै गरेको यो सडक खण्डको काम ९३ प्रतिशत सकिएको चक्रपथ विस्तार आयोजनाका प्रमुख भण्डारीले जानकारी दिए ।

अब बाँकी रहेकाे काम तोकिएकाे समयमा सक्न कठिन देखिन्छ । तर, आयोजना पक्षले भने काम समयमै सकिनेमा विश्वस्त हुन अनुराेध गरेकाे छ । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बन्यो ।

यस अन्डरपासको निर्माण २०७० भदौदेखि मात्र विस्तार थालिएको थियो । अहिले अन्य स्थामा आफैँ पुल निर्माण गरिरहेको छ ।

फुटपाथकाे काम अ बाँकी नै छ । चीन सरकारको करिब पाँच अर्ब रुपियाँ अनुदानमा यो खण्ड विस्तार भइरहेको छ । चक्रपथ विस्तारका लागि कलंकीमा निर्माण भइरहेको अन्डरपासको ब्रेक–थ्रु एक महिनाभित्रै हुने भएको छ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अन्डरपास छिचोल्ने काम अब अन्तिम चरणमा छ ।

भण्डारीले भने, ‘अन्डरपासको ब्रेक–थ्रु एक महिनाभित्रै गर्छौं, त्यसपछि फिनिसिङको काम अघि बढ्छ ।’

...

आइतबार, २ वैशाख २०७५

प्रतिक्रिया

Related