किन अझै बनेनन् पशुपति परिसरका सम्पदा ?

पशुपत क्षेत्रका ४६ स्मारक पुनर्निर्माणका लागि दुई अर्ब ६ करोड १५ लाख लागत अनुमान
निर्माण सञ्चार, काठमाडौँ | विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको पशुपति क्षेत्र विकास कोष परिसरका थुप्रै प्राचीन स्मारक तथा सम्पदा अझै अलपत्र अवस्थामा छन् ।

भूकम्पले क्षति पुर्याएको तीन वर्ष वितिसक्दा पनि पशुपति परिसरका ४६ सम्पदामध्ये ३४ संरचनाको पुननिर्माणले सार्थकता पाएका छैनन् ।

भत्किएका यी सम्पदाको पुननिर्माण आर्थिक वर्ष २०७७/७८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कार्यले तीव्रता भने पाउन सकेको छैन ।

अहिलेसम्म भट्टहरुको आवास मर्मत र बालगणेश मन्दिरको निर्माण सम्पन्न भएको छ भने १० स्मारक निर्माणधिन छन् । सोही गातिमा काम हुने हो भने तोकिएको समयमा काम पूरा नहुने देखिएको छ ।

महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनअनुसार कोषले पशुपति क्षेत्रका ४६ स्मारक पुननिर्माणका लागि दुई अर्ब ६ करोड १५ लाख लागत अनुमान स्वीकृत गरेकोमा ६ स्मारक तथा मन्दिरको निर्माणका लागि दाताबाट प्रतिबद्धता आएको छ ।

कोषमा प्राविधिक जनशक्ति पर्याप्त नभएको र पुरातत्व विभागबाट स्मारक पुनर्निर्माणको डिजाइन स्वीकृतिमा ढिलाइ भएका कारण काम ढिलो भएको प्रतिवेदनमा उल्लेख छ।

यता, भूकम्पपश्चात् वनकाली धर्मशाला जीर्ण भएकाले हालसम्म सञ्चालनमा आएको छैन । महास्नान घर र मृगस्थली क्षेत्रमा रहेका विश्वरूप मन्दिरको भग्नावशेषसमेत अझै हटाइएको छैन ।

काठ र मूर्ति यत्रतत्र छरिएका छन् भने आधा भाग भाँचिएको छ । मूर्तिको रङरोगन उडेको र संरक्षण नभएको देखिन्छ।

पुरातत्व विभाग, युनेस्को र कोषको निकायगत समन्वय अभावका कारण भग्नावशेष व्यवस्थापन हुन नसकेका प्रतिवेदनमा उल्लेख छ ।

मृगस्थलीमा योगी नरहरिनाथ सत्तल र गोरखनाथ सत्तल पुनर्निर्माण कार्य ठेक्काको माध्यमबाट भइरहेको छ। कोषअन्तर्गत शंकराचार्य मन्दिर पुनर्निर्माण कार्यको भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ।

प्रतिवदेनअनुसार मन्दिरको पूर्व र पश्चिम इँटा पर्खालको भित्री भागको एलाइनमेन्ट नमिलेको र सिल ब्यान्डसमेत नराखी निर्माण गरेकाले सम्पदा पुनर्निर्माणमा आवश्यक अनुगमनको अभाव रहेको देखिन्छ ।


ठेकेदारको कार्यशैली, किस्ताबन्दी बजेट र निर्माण क्षेत्रमा हुने जात्रा र चाडपर्वका कारण काम ढिलो भइरहेको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए ।

उनले पटकपटक ठेकेदारलाई ताकेता गरिरहेको भन्दै अब चाडै पशुपति परिसरका सम्पदा तथा स्मारकले पूर्णता बताए ।
 

 

...

सोमबार, वैशाख ३ २०७४ 

प्रतिक्रिया

Related