एफबीआईका पूर्वनिर्देशकले भने, ‘ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि अनुपयुक्त’

निर्माण सञ्चार, एजेन्सी । एफबीआई (फेडरल ब्यूरो अफ इनभेष्टिगेसन) पूर्वनिर्देशक जेम्स कोमीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नैतिक रुपमा राष्ट्रपतिका लागि अनुपयुक्त भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले गत बर्ष उनलाई उक्त पदबाट बर्खास्त गरेका थिए ।

बर्खास्त भएपछि पहिलो पटक टेलिभिजन अन्तवार्ता दिंदै जेम्सले मानसिक रुपमा वा स्वाथ्यका दृष्टिकोणले भन्दा पनि नैतिक दृष्टिमा अमेरिकाको राष्ट्रपति हुन अयोग्य भएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले महिलाहरुलाई ‘मासुका टुक्रा’ का रुपमा व्यवहार गरेको पनि उनले बताएका छन् ।

‘मलाई लाग्दैन कि उनी राष्ट्रपतिका लागि स्वास्थ्यका दृष्टिकोणमा अयोग्य छन् । मलाई लाग्छ उनी नैतिक रुपमा राष्ट्रपति हुन अयोग्य छन्‘ एबीसी टेलिभिजनको एक कार्यक्रममा अन्तवार्ता दिंदै जेम्सले भने,‘ उनी मानसिक रुपमा असक्षम भएको वा उनी डिमेन्सियाको प्रारम्भिक चरणमा रहेको भन्ने जस्ता कुरा म भन्न चाहन्न । उनी राष्ट्रपतिका लागि अनुपयुक्त पात्र हुन ।’

राष्ट्रपति ट्रम्पले अमेरिकाका आधारभूत मुल्य मान्यतालाई सम्मान गर्नुपर्ने र तीनलाई मान्नुपर्ने उनले बताए ।

यो अन्तवार्तापछि राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकन नेशनल कमिटीले एक बिज्ञप्ती जारी गर्दै जेम्म भ्रामण प्रचारमा लागेको र त्यसले उनको वास्तविक रुप सार्वजनिक भएको बताएको छ ।

 

 

...

सोमबार, ३ वैशाख, ०७५

 

प्रतिक्रिया

Related