अब महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण नि:शुल्क

सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष खडा गरिने स्वास्थ्य राज्यमन्त्री अर्यालको दाबी
निर्माण सञ्चार, काठमाडौँ | अब सरकारले महिलाहरुको फिस्टुला र क्यान्सर परीक्षण नि:शुल्क गर्ने भएको छ ।

सुरक्षित मातृत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुवा र क्यान्सरको परीक्षण नि:शुल्क गरिने घोषणा गरिन् ।

उनले उक्त कार्यक्रम वैशाखदेखि असारसम्मभित्र लागू गरिने जानकारी गराइन् । यससँगै सरकारले सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष खडा गर्ने समेत घोषणा गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार स्वास्थ्य महाशाखाले त्रिवि शिक्षण अस्पतालमा आयोजना कार्यक्रममा राज्य मन्त्री अर्यालले एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइने बताइन् ।

उनले भनिन् ‘यो कोष आकस्मिक प्रसुति सेवामा उपयोग र प्रयोग गरिनेछ ।’

सरकारले यो कार्यक्रम साउन, भदौ र असोज महिनाभित्र सुरु गर्ने बताइएको छ । स्वास्थ्य मन्त्री अर्यालले सार्वजनिक विद्यालयमा पढ्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्ने समेत बताइन् ।

सरकारले यसअघि महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण नि:शुल्क गरेको थियो ।

....

सोमबार, ३ वैशाख २०७५ 

प्रतिक्रिया

Related