‘ठेकेदार’ बैंकर्सले गरेको ठगीः एपेक्स बैंक घोटालामा समातिए ‘निर्माण व्यवसायी’ भेटवाल

निर्माण सञ्चार, काठमाडौं । एनसिसी र एपेक्स बैंक मर्जरसँगै भएका ठुल्ठूला घोटला प्रकरण खुलेसँगै घोटला प्रकरणमा जोडिएका ‘ए’ श्रेणीका निर्माण व्यवसायी मनोजकुमार भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक रहेका भेटवालले एपेक्स बैंकमा करिब २ अर्ब रुपियाँ घोटाला गरेको खुलेपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सोमबार पक्राउ गरेको हो ।

उनकै कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर पनि बनाइरहेको छ । ठगी प्रकरण समेत लाग्ने काम उनको गोरखधन्दामा देखिएको छ ।

कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपियाँ ऋण लिएको अध्ययन पछि खुलेको थियो ।

अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

घोटला प्रकरण काठमाडौंको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच २०७२ मंसिर ११ गते मर्जर प्रक्रियासँगै सुरु भएको थियो ।

मर्जर पछि कमाउने दाउमा लागेका तिर लागेका एपेक्सका अधिकारीहरु मध्ये उनी १ नम्बरमा छन् ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘मर्जर प्रक्रियामा गएलगत्तै त्यसको फाइदा उठाउँदै तत्कालिन सञ्चालकहरुले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज लगायतका शाखाबाट नक्कली ऋणी सिर्जना गरी कर्जा प्रवाह गर्ने गरेको देखिन्छ ।’

 

 

 

...

सोमबार, ३ वैशाख, ०७५

 

प्रतिक्रिया

Related