त्रिभुवन विमानस्थल जेठदेखि २१ घण्टा सञ्चालन हुने पर्यटनमन्त्री अधिकारीको घोषणा

विमानस्थल २१ घन्टामात्रै किन, अन्तर्राष्ट्रिय स्तरका विमानस्थल २४सै घण्टा सञ्चालन हुनु पर्ने हैन र ?
निर्माण सञ्चार, काठमाडौं । पर्यटन क्षेत्रमा ‘केही’ गर्ने सोच रहेको बताउँदै मन्त्री रवीन्द्र अधिकारीले अन्तर्राष्ट्रिय विपमान स्थलका रुपमा रहेको त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

आउने जेठको पहिलो हप्ताबाट विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने तयारी भैरहेको मन्त्री अधिकारीले बताए ।

अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु २४ सै घण्टा सञ्चालनमा आउनु पर्नेमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुने गरेको छैन ।

मन्त्री अधिकारीले आफ्नो लक्ष्य २४ सै घण्टा सञ्चालन गर्ने रहेको तर तत्कालका लागि सम्भव नदेखिएको बताए ।

पर्यटनविद्हरुको गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विज्ञहरुको समूह समेत बनाउने तयारी भएको बताए ।

मंगलबार काठमाडौंमा भएको सो कार्यक्रममा उनले केही समय पछि नै झापाको भद्रपुरमा रातको समयका लागि नाइट विमान चलाउने तयारी गरिएको बताए ।

तर, पोखरामा भने तत्काल सम्भव नरहेको मन्त्री अधिकारीको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना अघि सारेका छन्, जुन उनले मन्त्री पदको सपथ खाँदै घोषणा गरेका थिए ।

तर, सरकारी तथ्यांकले भने नेपालको कुल गार्हस्थ उत्पादनको पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको देखाउँछ ।

 

 

...

मंगलबार, ४ वैशाख, ०७५

 

प्रतिक्रिया

Related