कर्णालीमा विकासका सम्भावना नै सम्भावनाः मात्रै लगानीको खाँचो

कर्णाली विकासमा पछाडि किन ? नेपालका तीन हजार खोलानाला मध्ये झण्डै १५ प्रतिशत कर्णालीमा !
निर्माण सञ्चार, कर्णाली | समृद्धि शब्द आफैँमा एक भरिपुर्ण र अर्थपुर्ण शब्द हो । जुन समृद्धि का अथाह सम्भावना कर्णालीमा छन् ।

जल, जमिन, पर्यटन, जडिबुटी, भेषभुषा भाषा संस्कृति लेखेर यहाँका सम्भवानाहरु सकिदैनन् । यहाँका एक–एक बस्तुको महत्व मानव जिवनसंगै जोडिएको छ ।

सम्भवानाले मात्रै समृद्धि नआउने कुरो पत्तो लागिसकेको छ । जसरि विगतदेखि अहिलेसम्म कर्णालीलाई भोक रोग र अशिक्षा, गरिबीको पर्यायबाचिका रुपमा वर्णन गर्दै आइएको छ ।

कर्णालीलाई दुई ढुंगा बिच उम्रेको तरुल जस्तै हो भनेर देखाउन मात्र खाँचो छ, लगानीको ।

कर्णाली समृद्धिका क्षेत्रमा प्रशस्तै लगानि भए देशको समृद्धि तथा मोडल प्रदेशको सन्देश कर्णालीबाटै दिने कुरामा दुईमत छैन ।

तर पनि कर्णालीप्रतिको गैरमानसिकताले ठूला उद्योगी, व्यापारि, ठूला कम्पनीदेखि राज्यले समेत कर्णालीमा प्रयाप्त लगानी गरेको अबस्था छैन ।

कर्णालीका समृद्धि सम्भावनाका क्षेत्रमा आबश्यक लगानी हुन नसक्नुको उपज नै कर्णाली गरिब, अशिक्षित बन्नु हो ।

कर्णालीको जलविद्युत् जडिबुटी, पर्यटन, होटल व्यवसायमा लगानी गरे मात्रै एक वर्षभित्र नेपाली युवालाई कर्णालीमा रोजगार दिन सकिने यहाँको सामथ्र्य छ ।

यिनै सम्भवानाका क्षेत्रमा भनेजतिकै लगानी गराउने वातावरण भएन भने लगानी पनि गरेका छैनन् ।

सरकारका सानातिना टुक्रे विकास आयोजनाले कर्णालीको जलविद्युत्, जडिबुटी, पर्यटन, होटल तथा कृषि क्षेत्रमा प्रयाप्त लगानी पुगेकै छैन ।

लगानिमैत्री वाताबरण बनाउ

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो ।

जहाँ सम्भावनाले अबसर दिएको छ, रोजगारी दिएको छ, बाँच्ने आधार दिएको छ । अक्सर लगानीको अभावमा कर्णालीका थुप्रै सम्भावनाहरुले टुलुटुलु हेरिरहेका छन् ।

हाम्रो नेता, समाजसेवीका भाषण तथा सडकका चर्का नारा स्वार्थ पुरानहुन्जेल सम्मका मात्रै हुनथालेपछि कर्णालीको समृद्धिले फड्को मार्न सकेन , तर, देशमा संघियता कार्यान्वयन भएको छ, पक्कै पनि यहाँका सम्भावनालाई अबसर दिन स्थानीय सरकारदेखि प्रदेश सरकारले कर्णालीमा लगानीमैत्री नीति तथा सहज वाताबरण बनाउने आम कर्णाली बासीको अपेक्षा छ ।

कर्णालीमा आएर दुखका गित गाउँनेहरुलाई समृद्धि को गित लेख्ने वातावरणको अबस्था सृजना गर्नु अहिलेको आबश्यता हो ।

कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले भने ‘कर्णालीको पर्यटन सम्भावनाहरुमा मात्रै लगानी गरे समृद्धिका लागि धेरै समय कुर्न पर्दैन । प्रदेश सरकार सहज लगानी निति ल्याउँदै छ । लगानीकर्ता अत्याधिक रुपमा भित्राउने लक्ष्य सरकार रहेको छ ।’

उनले थपे ‘कर्णाली प्रतिको भ्रम चिर्नु ठुलो चुनौती छ । हामी कसरत गरिरहेका छौँ ।’ आगामी आर्थिक वर्ष लगानीवर्षको रुपमा मनाउने र बढी भन्दा बढी लागनी कर्ता भित्राउने लक्ष्य प्रदेश सरकारले राखेको मुख्यमन्त्रीका स्वकीय सचिव सुरेश पहाडीले भने ।

कर्णालीमा नीजि क्षेत्रले लगानी गर्ने तर आबश्यक वाताबरण चाहिएको जुम्ला उद्योग वाण्ज्यिका अध्यक्ष रामदत्त रावलले बताए । अब स्थानीय तहले पनि लगानीमैत्री वाताबरण सृजना गर्छ तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले आशा प्रकट गरे ।

 कर्णालीमा पर्यटन सम्भावनाहरु:

कर्णालीमा विशुद्ध पर्यटन सम्भावनाका मात्रै कुरा गर्ने हो भने पनि भ्यानभ्याइ छ, जुन क्षेत्रहरुले कर्णालीको आर्थिक समृद्धि ल्याउने सम्भावना छ ।

कर्णालीको डोल्पामा रहेको से–फोसोण्डो, संसारकै ठुलो मुगुको रारा ताल र कर्णालीको शीर मानसरोवर, कालिकोटको पचाल झरना, हुम्लाको सुलिघाट झरना, छायानाथ, जुम्लाको चन्दनना र भैरवनाथका मन्दिरहरू, सिंजा क्षेत्रका कनका सुन्दरी मन्दिर पान्डव गुफा, गरूडनहानी, ठाकुर ज्यु दह गोठीचौर, पाटन तातोपानी र संसारकै उच्च स्थानमा कालीमार्सी धान फल्ने स्थमान पर्यटना महत्वपूर्ण सम्भावनाहरु हुन् ।

लगानी कर्तालाई कर्णालीबासीले निम्तो दिइरहेका छन्, आफ्ना यस्ता सम्भवनाहरुलाई देखाउँदै ।

जुम्लाका समाजसेवी रमानन्द आर्चायले भने ‘लगानी कर्ता डराउनु पर्ने स्थिती छैन, कर्णालीमा लगानी गर्दा यहाँको विकास लगानीकर्ता मालामाल हुनेछन् ।

‘ढिलै भएपनि कर्णाली कालिकोट, जुम्ला मुगु र डोल्पा सडकमा जोडिएका छन् । कर्णालीमा सडक आउँला गाडी सञ्चालन होला भन्ने कल्पना थिए । हिमाल जस्ता घर भवन निमार्ण होलान् भन्ने सोचिएको थिए । ती सबै सम्भव पनि भए । यसैगरी, लगानीकर्ता पनि कर्णालीमा केही समयपछि ओईरो लाग्ने अपेक्षा तातोपानीका गाउँपालिका ३ रामभत्त बुढाको छ ।’

‘विकास र समृद्धि समय आएपछि आफैँ हुने रैछ’ उनले भने ‘हामीले सही नीति लगानीमैत्री वाताबरण भने बनाउन आवश्यक छ ।’

जलविद्युत्मा अथाह सम्भावना

कर्णालीलाई जलविद्युत् उत्पादनको क्षेत्रका रुपमा विकास गर्न सकिने थुप्रै आधार छन् ।

कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर विद्युत् हबका रुपमा विकास गर्न सकिने आधार छन् ।

वर्तमान अबस्था गाउँ–गाउँमा साना जलविद्युत् आयोजनाले उज्यालो त दिएकै छन् । तर, पानीको क्षमता÷सामाथ्र्य अनुसार विजुली उत्पादन नहुनु लगानीकै खाँचो हो ।

जहाँ विद्युत प्रशस्त हुन्छन्, त्यहाँ उद्योग, कलकारखाना स्थापना भएका हुन्छन् भने रोजगारी आफैँ सृजना हुन्छन् ।

यसकारण अब हरेक स्थानीय सरकारको, कर्णाली सरकारको ध्यान कर्णालीको जलस्रोतको सदुपयोगमा जानु पर्छ । अनि मात्रै मुलुक समृद्धि तिर ढल्किन्छ ।

नेपालका ३ हजार खोला नालाका झण्डै १५ प्रतिशत कर्णाली प्रदेशमा रहेको तथ्यांक छ  भने हजारौँ मेगावट विद्युत निकाल्ने क्षामता छ । अब लगानी चाहियो एउटै प्रश्न ?

जलविद्युत्का क्षेत्रमा लगानी गरिए कर्णालीका हजारौँ युवा रोजगारीको लागि भौतारिनु पर्ने अबस्था नआउने जिल्ला युवा समिति जुम्लाका अध्यक्ष दिपेन्द्र हमाल बताउँछन् ।

‘विपन्नताबाट मुक्ति पाउने एउटा मात्र उपाय भनेको जलविद्युत् हो’, उनी भन्छन्, ‘जलविद्युत्को क्षेत्रमा कर्णालीमा कुनै पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन्, राज्यले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’

कर्णाली समृद्धि एक आधार जलविद्युत हो ।

त्यसैमा सोचेजस्तो लागनी भने छैन, अब त्यसतर्फ स्थानीय सरकार प्रदेश सरकारको आँखा जानुपर्छ, नागरिक समाज जुम्लाका सदस्य मानदत्त रावल भने ।

 जडिबुटीबाट समृद्ध कर्णाली

कर्णाली बहुमूल्य जडीबुटीको खानी भएको क्षेत्र हो ।

कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने १४ सय जडिबुटीका प्रकारमध्ये ७ सय बढि जडिबुटी पाइन्छन् । एकै सिजनमा जडिबुटी संकलनबाट कर्णालीका नागरिकले लाखौँ रुपियाँ कमाउँदै आएका छन् ।

जडिबुटीको खेती, संरक्षण र त्यसको सही परिचालनले मात्रै कर्णाली भविष्यमा समृद्ध बन्न सक्छ । हिमाली हिरा भनेर चिनिएको यार्चागुन्बु कर्णाली क्षेत्रमा पाइन्छ ।

विश्व बजारमा राम्रो मूल्य पर्नेे यार्चागुन्बु व्यवस्थित व्यापार गर्नसके कर्णालीको मुहार नै जडिबुटीबाट फेरिने जुम्लाका जडिबुटी व्यवसायी रामकृष्ण बुढ्थापा बताउँछन् ।

‘हामीले कर्णालीमा उत्पादन हुने जडीबुटीलगायतका अन्य वस्तु विश्व बजारसम्म पुर्याउन सक्ने हो भने कर्णालीको विकासले चाडै फड्को मार्नेछ’ उनले भने ‘तर, अहिलेसम्म राज्य र नीजि क्षेत्रका लगानीकर्ता यसतर्फ आकर्षित छैनन् । सबैले लगानीकर्ता भित्राउने प्रयास गर्नु पर्ने उनको सुझाब छ ।

यार्चागुन्बु जस्तै विश्वमै अन्त्यत महत्वपूर्ण र महँगा मानिएका जडीबुटीहरू गुच्ची च्याउ, हात्ती जरा, शिलाजित, सतुवालगायत ७०० देखि १४०० भन्दा बढी प्रजातिका बोटविरुवा, जडीबुटी कर्णालीका गहनाका रुपमा रहेका छन् ।

कर्णालीमा पाइने जडिबुटी प्रशोधनका लागि साना उद्योग खुलेका भए पनि ठूला उद्योग खुल्न सकेको छैनन् ।

एपी ब्रान्डी, यार्सामिनिरल वाटर उद्योग तथा स–साना घरेलु उद्योग मात्रै छैनन् । ती उद्योगले बास्तविक कर्णालीको बेरोजगारीलाई टार्न सकेको अबस्था छैन ।

‘ठूला उद्योग नखुल्दा यहाँ पाइने जडिबुटी त्यसै खेर जान थालेका छन्’ अर्का जडिबुटी व्यवसायी हंश नेपाली भन्छन्, ‘जुम्लामा ठूला जडिबुटी प्रशोधनका उद्योग खालेर रोजगारी सृजना गर्न लगानी गर्ने व्यक्ति खोज्न आबश्यक छ ।’

कर्णालीका गहनाका रुपमा रहेका पाँच औंले, भुल्ते, जटामसी, कट्की, पदमचाल, हात्तीजडा, सुन्ध वाल, सिलाजित, गुच्ची च्याउ, निरमसी, अत्तिस, केशहर, घाडोडो मच्चो, कटुको, रामुयो, तितो, गुन्नाइनो, चिताइरो, सुमायो तथा यार्सागुम्बा, जीवनबुटी आदि मुख्य छन् ।

यी जडिबुटीको व्यवस्थापन सहि तरिकाले मात्रै कर्णाली सरकारले गरे कर्णालीमा समृद्धि छाउने विज्ञहरुको बुझाई छ ।

फस्टाउँदै होटल व्यवसाय

जुम्लामा पछिल्लमो समय होटल व्यवसाय क्रमिक रुपमा फस्टाउँदै गएको छ । जुम्ला सदरमुकाममै मात्र खान बस्न, तथा तालिम हलहरु भएका झण्डै ५० बढी होटल छन् ।

झण्डै ५ करोडको लगानीमा भर्खर कान्जिोरा होटल चल्दैछ भने अरु पनि छन् । तर पनि कर्णालीका विभिन्न सम्भवानका तुलनामा आबश्यक होलट छैनन् ।

कर्णालीमा साउन भदौको महिनामा आउने पर्यटकको भीडले जुम्लाका होटल व्यवसायहरु तनावमा पर्छन् । व्यवस्थापन गर्न गाह्रो अबस्था आउँछ ।

त्यसैले, जुम्ला लगायत कर्णालीका राराताल सेफोक्सन्डोमा ठुला लगानीकर्ताले होटल खालेको खण्डमा पनि कर्णाली विकासमा नयाँ आयाम थपिने विश्वास छ ।

कर्णालीको निकै सुन्दर रहेको रारा ताललाई लक्षित गरेर आउने पर्यटकहरु जुम्लामा नआई जादैनन् । तर यहाँको वर्तमान अबस्थाले पर्यटकहरु सन्तुष्ट हुन सकेका छैनन् ।

त्यसैले होटल व्यवसायमा पनि लागनीको खाँचो छ ।

आबश्यक पुर्वाधार निमाणदेखि ठुलो लगानी नभएकै कारण कर्णालीमा समस्या थपिदै गएको हो । अहिले पनि जहाँ आबश्यकता छ, त्यहाँ प्रयाप्त होटल छैनन् । मुगुको रारा तालमा अहिले दुई वटा मात्रै होटल छन् । कर्णाली सरकाले २०७५ लाई रारा पर्यटन वर्ष घोषणा गरिरहँदा प्रमुख चुनौती बास बस्नको देखिएको छ ।

आगामी दिनमा इसता समस्या नआउन भन्न ठुला लगानी कर्ताले पर्यटकिय क्षेत्रमा सुविधा सम्पन्न होटल खोल्नका लागि पनि पहल गर्न आबश्यक रहेको क्षेत्रिय होटल व्यवसायी महांसघका अध्यक्ष पदक बहादुर शाहिले बताए ।

समृद्धि का लागि कृषि उपजको सदुपयोग

कर्णालीमा विभिन्न सम्भावनाका बीच मनग्य आम्दानी लिन सकिने क्षेत्र भनेको कृषि क्षेत्र हो । कर्णालीको कृषि क्षेत्रमा अहिले पनि आधुनिकीकरणको अभाव छ ।

परम्परागत कृषि खेती उत्पादनमा ह्रास आएको छ । कर्णालीमा पाईने विभिन्न कृषि उपजको बजारीकरणमा ध्यान दिए समृद्धि भित्रिनेमा कुनै शंका छैन ।

कृषिको दृष्टिकोणले विश्वकै सर्वोच्च उचाइमा उत्पादन हुने जुम्ली मार्सी धानले जुम्लाकोे पहिचान अन्तराष्ट्रिय स्तरमै कायम राखेको छ । स्याउ खेती उत्पादनका हिसाबले पहिलो स्थानको श्रेय पनि जुम्लालाई छ ।

जुम्लाको स्थानीय सिमी पनि जिल्लाको गरिमा बढाउने उत्कृष्ठ दाल बाली हो ।

यहाँको कृषि प्रणाली भने समन्ती र निर्वाहमुखि नै छ तर प्राङ्गारिक अवस्थामा छ ।

यहाँ उत्पान हुने आलु, स्याउ, सिमीलाई व्यवसायिक उत्पादनमा जोड दिने हो भने जुम्लाले आफूलाई चाहिने स्रोतको लागि हात थाप्नुपर्ने अबस्था आउने छैन । अरूलाई नै सहयोग गर्नसक्ने अवस्था हुनेछ । कर्णाली प्रदेशमा समृद्धिको गित गाउन सकिने सामथ्र्य छ ।

तर आधुनिकीकरण, बजारीकरण, तथा लगानीको खाँचो भने प्रमुख समस्याका रुपा रहेको छ । यहाँ पाइने अन्य अन्नवालीमा मकै, कोदो, जौं, गहुँ, धान, फापर, चिनु, कागुनु आदि प्रमुख छन् ।

फलफूलमा स्याउ, ओखर, खुपानी आरू, बखडा आदि प्रमुख छन् । यसैबाट मात्रै एक सिजनमा जुम्लाका किसानले लाखौँकमाउँछन् ।

जसमा लागनी तथा आधुनिकीकरण भयो भने त कर्णालीबासी मालामाल हुनेछन् । सिमी, भट्मास, आलु, गाजर, केराउ, केशर, गुच्चे च्याउलाई नगदी बालीको रूपमा विकास गर्न सकिने अवस्था छ ।

मौरीपालन, भेंडा, बाख्रा च्यांग्रा पालन व्यवसाय नगदी बालीको रूपमा रहेका छन् ।

अहिले त कर्णालीमा स्याउखेतीलाई व्यवसायिक रूपले अगाडि बढाउन ‘एक घर एक वगैंचा’को कार्यक्रम चलाइएको छ । त्यसलाई अझै व्यवसायीकता दिन सकिरहेको अबस्था छैन ।

कर्णाली समृद्धि नहुनुको कारण

कर्णाली समृद्धि नहुनुको पहिलो कारण नेपालको अस्थिर राजनीति नै हो । दोस्रो भौगोलिक विकटता र आबश्यक शिक्षा तथा जनचेतनाको अभाव नै हो ।

चुनाव आउँदा नेताका चिल्ला तथा अदृष्य भाषणले पनि कर्णालीपछि परेको विज्ञहरुको बुझाई छ ।

केन्द्र सरकाले जहिले पनि फरक दृष्टिले हेर्ने, लगानीकर्ताले लगानी गर्न नमान्ने, सरकाले आबश्यक नीति तथा सहज वाताबरण नबनाउने, यिनै समस्या कर्णाली समृद्धिका कारक तत्व हुन् ।

नेता सहि भएपनि नेतृत्व सहि नहुँदा विद्यालय राम्रो भएपसनि शिक्षा राम्रो नहुँदा, परिवार सम्पन्न भएपनि संस्कार नहुँदा कर्णालीमा धनी अझै धनी र गरिब झनै गरिब बनिरहेको अबस्था हो ।

वर्तमान समयमा त सबैले आफ्नो अधिकार तथा कर्तव्यका विषयमा जानकार छन् । तर पनि राजनीति फेरबदलले सबैलाई गन्जागोल बनाइरहेको अवस्था थियो ।

अब संघिय सरकारकै भर

देशमा लामो समयपछि संघियता कार्यान्वयन भएको अबस्था छ ।

सबैको मन छुने गरि विकास नभएपनि केही रुपमा संघियताको स्वाद चखाउने प्रयासमा जनप्रतिनिधि लागि परेका छन् ।

केन्द्रिकृत विकास पद्धतीलाई विकेन्द्रीकृत गरेर सिंहदबारको अधिकार गाउँमा ल्याउने नारा घन्किएका बेला अबको हरेक क्षृत्रको समृद्धि संघिय सरकारकै भरमा रहेको छ ।

‘जनताले भोट दिएर पठाएका छन्’ जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख लाल बहादुर सार्कीले भने, ‘समृद्धिको अपेक्षा गर्नु स्वाभाविक हो ।’

‘ढिलो चाडो समृद्धि हुन्छ, लगानीकर्ता पनि भित्रिन्छन्, विभिन्न तहका नीजि क्षेत्रसँग छलफल भईरहेको छ’ चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले भनिन् ।

उनले भनिन् ‘हामी यहाँका सम्भवानको पहिचान तथा सदुपयोग गर्न र समृद्ध कर्णालीको सपनालाई साकार गर्न प्रदेश सरकारदेखि स्थानीय सरकार लागि परेको छौँ ।’

‘लगानी कर्ता खोजी भईरहेको छ , नीति पनि बनाउँदै छौ । पक्कै कणाली समृद्धि को लागि लागनीको खाँचो हुन दिने छैनौ । कर्णालीका विभित सम्भावनाको पहिचान गरी लगानीकर्ता भित्राउन सके मुलुककै एक नमुना तथा मोडल क्षेत्र कर्णाली हुने छ,’ सेजुवालले दाबी गरिन् ।

कर्णाली प्रदेशका संवाददाता सागर परियार

....

शनिबार ८ वैशाख २०७५

 

प्रतिक्रिया

Related