सनराइज बैंकले गर्यो स्वास्थ्य बीमा रकम भुक्तानी

निर्माण सञ्चार, काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका भक्तपुर शाखाका ग्राहक श्रीमती सानु मैंया राइठोरको मोती बिन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. १२,०००/– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको केन्द्रीय कार्यालय गैरीधारामा प्रदान गरिएको हो ।

...

आइतबार ९, वैशाख ०७४

प्रतिक्रिया

Related