उद्योगी/व्यवसायीको १९ सदस्यीय टोली सोमबार ब्राजिल प्रस्थान

निर्माण सञ्चार, काठमाडौँ । वैशाख १३ देखि ब्राजिलमा सुरु हुन गइराखेको इन्टरनेशनल ट्रेड फेयर फर मेशिनरी एण्ड इक्वीपमेन्टस् ABI MAQ मा भाग लिन नेपालका उद्योगी/व्यवसायीहरुको टोली सोमबार ब्राजिल प्रस्थान गरेकाे छ ।

नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल ब्राजिल प्रस्थान गरेको संघले जनाएको छ ।

नेपाल र मित्रराष्ट्र ब्राजिलबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने उद्देश्यले पहिले देखिनै नेपाल र ब्राजिलबीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउन दुवै राष्ट्र अग्रसर भएका हुन ।

यसका साथै लगानी अभिवृद्धि गर्न चेम्बर अफ कमर्श र ब्राजिलियन एशोसिएसन अफ होटल इण्डष्ट्रिजसँग समझदारी गरेको छ । यो नेपाली उद्योगी/व्यवसायीहरुको दोस्रो भ्रमण हो ।

भ्रमणका अवसरमा प्रतिनिधिमण्डलले साओपाउलो, रियो दि जेनेरियोलगायत ब्राजिलका प्रमुख सहरका चेम्बर अफ कमर्शसँग छलफल गर्ने जनाएको छ ।

नेपालमा लगानीका सम्भावना र अहिलेको वर्तमान अवस्थाका विषयमा प्रतिनिधिमण्डलका संयोजक एवम् नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाईंले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

ब्राजिलमा हुन लागेको बैठकहरुमा ब्राजिल स्थित नेपाल राजदुत श्री तारा प्रसाद पोखरेल ज्युको समेत सहभागीता रहने छ ।

उक्त अवसरमा ब्राजिलियन व्यवसायीसँग B2B छलफल गर्ने र नेपाल र ब्राजिल बिचको आर्थिक सम्बन्धबारे संघका अध्यक्षले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जानकारी दिएको छ ।

प्रतिनिधिमण्डलमा नेपाल ब्राजिल चेम्बर अफ कमर्शका पदाधिकारीलगायत मुलुकका प्रतिष्ठित उद्योगी÷व्यवसायीहरुको सहभागी रहेको संघले जनाएको छ ।

...

मंगलबार ११, वैशाख ०७५

प्रतिक्रिया

Related