जुट्ला त पञ्चेश्वरमा सहमति ?

समानताका आधारमा पानी उपलब्ध हुन्छ– नेपाल, पानीको मात्रामा तलमाथि हुनु हुँदैन–भारत
निर्माण सञ्चार, काठमाडौँ । बहुविवादित महाकाली सन्धीसँगै चर्चामा रहेको पञ्चेश्वर पहुउद्देश्यीय आयोजना भारतका कारण २३ वर्षदेखि रोकिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म गरेको भारतको राजकीय भ्रमणका क्रममा आयोजनाबारे कुराकानी हुने भनिएपनि यसबारे छलफल हुन सकेको थिएन ।

यसै विषयलाई ध्यानमा राख्दै यतिबेला नयाँ उचाइमा पुग्ने बारे भारतीय टोली नेपालमा भित्रिएको छ । चर्चामा रहेको उक्त आयोजनालाई अगाडि बढाउन भारतले तदारुकता देखाएको छ ।

यसैगरी, नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आज (सोमबार) देखि काठमाडौंमा सुरु हुँदैछ ।

आयोजनाको विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठक हुन लागेको हो ।

यस्तो छ विवाद

पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा एकरुपता कायम हुन सकेको छैन । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ ।

आ–आफ्नै अडान

भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने विषय उठाउँदै आएको छ भने नेपालले समानताका आधारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ ।

यही कारण विस्तृत परियोजना प्रतिवेदन टुंगिन सकेको छैन । बैठकले यिनै विवादित विषयमा सहमति जुटाउने अपेक्षा गरिएको छ ।

होला त सहमति ?

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले भने, ‘सोमबारदेखि सुरु हुने बैठकमा प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानूनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची छ ।’

त्यस्तै विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने योजना रहेको छ । विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन ।

यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोच नेपाल पक्षको छ । २३ वर्षदेखि काम रोकिएको हुनाले अझैपनि काम होला भन्ने ढुक्क हुन सकिने अवस्था छैन ।

...

सोमबार १०, वैशाख ०७५

प्रतिक्रिया

Related