यातायात सिन्डिकेटविरुद्ध सरकारको अर्को तयारीः आन्दोलनमा गए रुट परमिट खारेज

व्यवसायी आन्दोलनमा आएर सवारी नचालाए पनि समस्या नपर्ने
निर्माण सञ्चार, काठमाडौँ | सरकारले सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट परमिट खारेज गर्ने भएको छ ।

गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवमा हड्ताल गर्ने सवारीको विवरण लिन यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार पहिलो दिनमै देशभर सेवा रोक्ने सवारीको विवरण लिएर सोही दिनमै खारेज गर्ने तयारी भइरहेको छ ।

उक्त विषयमा सरकाले सुन्यसहनशिलताको नीति लिएको उनको भनाई छ ।

महानिर्देशक भट्टराईले आन्दोलनका नाममा सार्वजनिक सवारी साधन रिक्नु अपराध ठहरिने भन्दै गृह प्रशासनले पनि सोहीअनुप कारावाही गर्ने दाबी गरे ।

उनले भने ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौ, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन् ।’

नगरिकलाई असुविधा हुने हर्कत गर्नेको रुट खारेजी गर्न समय नलगाउने भट्टराईको भनाइ छ ।

गृह मन्त्रालयले यसअिघ पनि आन्दोलनका नाममा कुनै सवारी रोकिए सुरक्षा निकाय परिचालन गरेर आफैंले चलाउने चेतावनी दिइसकेको छ ।

के गर्दैछ सरकार ?

हाल विभागले यतायात व्यवसायी आन्दोलनमा जाँदा कति सवारी सडकमा आउँछन् भन्ने विवरण लिइरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

उनकाअनुसार करिब ६० भन्दा बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा नरोक्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यसैगरी, कतिपय व्यवसायीहरु समिति नै त्याग्दै स्वतन्त्र त्यागेर सवारी चलाउन पनि सुरु गरेका छन् ।

सवारी रोकिए विकल्प के ?

व्यवसायीले सवारी परिचालन नगरे पर्यटक बसहरुलाई नै सूचारु ग्र्ने सरकारको योजना छ ।

यससँगै काठमाडौँभित्र विभिन्न कम्पनीका ठूला बसहरु चलिरहेकाले व्यवसायी आन्दोलनमा आएर सवारी नै नचलाएपनि समस्या नपर्ने विभागको अनुमान छ ।

महानिर्देशक भट्टराइले भने ‘सर्वसाधारणलाई सहज हुने गरी विभिन्न विकल्पहरु दिने विषयमा छलफल भने भइरहेको छ ।’

उनकाअनुसार सुरक्षा निकाय र सरकारी कार्यालयका बसहरु चलाउने बोर्डिङ स्कुलका बसहरु परिचालन गर्ने लगायतका विकल्प पनि सरकारसँग छ ।

काठमाडौंभित्र भने साझा, मयुर, अन्नपूर्ण, सिटी मेट्रो, महानगर लगायतका ठूला सब सञ्चालक कम्पनीहरु छन् ।

यातायात संघ तथा समितिहरुको समिति नवीकरण रोकेको र कम्पनीमा जान बाध्य पारिएको बिरोधमा यतायात व्यवसायीले चरणवद्ध आन्दोलनको तयारी गरेका छन् ।

आउँदो २१ गते सांकेतिक रुपमा सवारी बन्द गर्दै २७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने भन्दै व्यवसायीहरुले घोषणा गरिसकेका छन् ।

....

सोमबार १० चैत २०७५ 

प्रतिक्रिया

Related