अब नेपाल, भारत र बंगलादेशबीच सिधा बस सेवा सुरु !

यातायात कनेक्टिभिटीबाट जोड्न पहिलो प्राविधिक परीक्षण
निर्माण सञ्चार, काठमाडौँ | बंगलादेशको ढाकाबाट दुईवटा गाडी काठमाडौँतर्फ प्रस्थान गरेका छन् ।

बंगलादेश, भुटान, इन्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तराष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु भएको हो ।

यो रुट परीक्षण चार देशबीच सम्झौता भएको ३ वर्षपछि थालनी भएको हो ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो ।

यो पहिलो प्राविधिक परीक्षण रहेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईका अनुसार दक्षिण एशियाली मुलुकहरु बंगलादेश, भुटान, भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढाइएको छ ।

भारतले काठमाडौंमा सम्पन्न अठारौं सार्क सम्मेलनमा सार्क मुलुकलाई एक अर्कासँग यातायात सम्पर्कबाट जोड्न सार्कका आठै मुलुकमा बस चलाउने प्रस्ताव राखेको थियो ।

सो प्रस्ताव पाकिस्तानले अश्वीकार गरेपछि नेपाल,भुटान,भारत र बंगलादेशीबीच यातायात सम्झौता भएको थियो ।

बसमा कति सवार ?

उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु र बाँकी २३ अन्य मूलूकका गरी ३० जना ती बसमा सवार छन् ।

स्वागत कार्यक्रम कहाँ ?

उपसचिव भट्टराईका अनुसार ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् ।

मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरतपुरमा पुग्नेछन् ।

तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारीले विहीवार काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम रहेको छ ।

तीन वर्षअघि गरिएको सम्झौता भुटानको माथिल्लो सदनले अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी नभएको उपसचिव भट्टराईले बताए ।

 नियमित सञ्चालन कहिलेबाट ?

नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा सन्चालन बताइएको छ ।

‘ट्रायल रन’ का आधारमा रुट परीक्षण हुनेछ ।

त्यससपछि भन्सार, अध्यागमन लगायतका प्रक्रिया पूरा गरेर नियमित बस सन्चालन गर्न ६ महिनाजति लाग्न सक्ने उनले बताए ।

सुविधा कस्तो हुनेछ ?

सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तराष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् ।

बसको रुट कहाँदेखि कहाँसम्म ?

ती बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ ।

बंगलादेशको ढाकाबाट अघि बढेका बसले काठमाडौंसम्म पुग्दा झण्डै १२ सय किलोमिटरको दूरी पार गर्नेछन् । सुरुमा दुई÷तीनवटा बसबाट सेवा प्रारम्भ हुनेछ ।

जसअन्तर्गत चारवटै देशले बराबरी संख्यामा बस सन्चालन गर्ने बताइएको छ ।

बस भाडा लगायतका अन्य विषयमा भने निर्णय हुन बाँकी रहेको उपमहासचिव भट्टराईले जानकारी दिए ।

....

सोमबार १० चैत २०७५

प्रतिक्रिया

Related