प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

‘मर्जरको क्रममा दोहोरिन गएका शाखा कार्यालय क्रमशः स्थानान्तरण गर्दै जाने योजना’
निर्माण सञ्चार, काठमाडौँ | प्रभु बैंकले वैशाख १० गतेबाट काठमाडौँको ज्ञानेश्वरमा नयाँ शाखा कार्यलय स्थापना गरी सञ्चालन गरेको छ ।

यस शाखा कार्यालयको उद्घाटन भने बैंकका संचालक पुष्प बहादुर प्रधानले गरे ।

एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभि बैंकको दरवारमार्गशाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

बैंकका शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा सञ्चालन हुँदै बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

...

सोमबार, १० वैशाख २०७५ 

प्रतिक्रिया

Related