सातौँ चरणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’ (फोटोफिचर)

७४ जना प्रतियोगीहरुलाई पछि पार्दै समुह ‘ए’बाट परिना श्रेष्ठले पाइन् ताज
निर्माण सञ्चार, काठमाडौँ | सिजन मिडियाद्वारा आयोजना गरिएको सातौ चरणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’को ताज समुह ए बाट परिना श्रेष्ठ, समुह विबाट इसा थापा मगर र समुह सि वाट इभा गिरिले ताज चुम्न सफल भएका छन् ।

गत सोमबार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीहरुले ताज जित्न सफल भएका थिए ।

फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ, रया गौतम भएका थिए ।

यसैगरी, सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता भएका थिए ।

उनीहरुले साइकल तथा मोवाइलफोनहरु उपहारहरु पाएका थिए ।

टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो भने अन्य सव टाइटल विधामा २५ जना सहभागीलाई वितरण गरिएको थियो ।

...

शनिबार, १५ वैशाख २०७५ 

प्रतिक्रिया

Related