‘फेरि उठ्ने छ नेपाल’: मेचीदेखि महाकालीसम्म विभिन्न सांगीतिक कार्यक्रम सम्पन्न गर्ने उद्देश्य

प्रोजेक्ट वानको पहिलो एल्बममा कूल मिलाएर छवटा गीतहरु समावेश
निर्माण सञ्चार, काठमाडौँ | अर्ना लाईटले सकारात्मक प्रभाव पर्ने उद्देश्य सहित फेरि उठ्नेछ नेपाल – १ ( जावलाखेलमा नेपथ्यको लाइभ सहित) सन् २०१६ मा सम्पन्न गरेको थियो ।

दोस्रो संस्करण पोखरामा नेपथ्यको लाइभ सहित) सन् २०१७ मा सम्पन्न भएको थियो । तेस्रो संस्करण हालै बुटबलमा गत जनवरीको २७ तारिखमा सम्पन्न भएको छ ।

अर्ना लाईट मेच देखि महाकालीसम्म विभिन्न सांगीतिक कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित अघि बढ्दै छ । प्रोजेक्ट वानले भने देशका विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आएको छ ।

जस अन्तर्गत यस वर्ष पहिलो चरणमा चितवनको नारायणी किनारमा अप्रेल ७ तारिखमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसैगरी, दोस्रो कार्यक्रम २० अप्रिलमा धरानमा सम्पन्न गरेको थियो भने तेस्रो इभेन्ट २८ अप्रिलमा काभ्रेको बनेपामा आयोजना गर्न गइरहेको छ ।

हाल प्रोजेक्ट वानको नयाँ प्रोडक्सन बनेपा जस्तो स्थानमा पहिलो पटक ऐतिहासिक इभेन्ट गर्न गइरहेको छ । जहाँ ४ हजार भन्दा बढी सहभागीहरुको सहभागीता हुनेछन् ।

ब्यान्डले सन् २०१८ मे महिनाको दोस्रो हप्तामा आफ्नो एल्बल प्रस्तुत गर्ने छ र अर्ना फेरि उठ्ने छ नेपालका नाममा म्युजिक भिडियो अप्रिल महिनाको पहिलो हप्ता आधिकारिक रुपमा प्रस्तुत गर्ने बताईएको छ ।

प्रोजेक्ट वानको पहिलो एल्बममा कूल मिलाएर छवटा गीतहरु समावेश गरिनेछ । समाविष्ट गीतहरुले प्रेरणादायी एवं सामाजिक विषयसँग सम्बन्धित विषयमा हुने भएका छन् ।

प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठित गरिएको हो । यसको स्थापना व्यान्डवागनका प्रबन्ध निर्देशक विकेश कायस्थाद्वारा गरिएको हो ।

प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशाकार लगायत निखिल तुलाधर छन् ।

यस ब्यान्डले हालै फेरि उठ्ने छ नेपाल नामक नयाँ म्युजिक भिडियो बजारमा गत ३० मार्चमा ल्याएको छ । उक्त भिडियो नेपाली संगीत प्रेमी दर्शकहरुका माझ अत्यन्त रुचाइएको थियो ।

अर्ना बिरय यस इभेन्टको प्रमुख प्रायोजक अर्ना बियरले यसलाई एकताको उदाहरण कामय गरी सकारात्मक सन्देश देशभर फैलाउने राम्रो अबसर मानेको छ ।

गत वर्षहरुमा नेपालले निकै कठिन यात्रा पार गर्दै आएको थियो ।

अर्नाले यस इभेन्टद्वारा एकताको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक सन्देश नेपाली जनतामाझ फैलाउने विश्वास लिएको छ ।

....

शनिबार, १५ वैशाख २०७५ 

प्रतिक्रिया

Related