अन्योल हटाउन स्थानीय तहमा स्वास्थ्य बिमा शिक्षा

कर्णालीमा ३५ हजार ६ सय ४३ जना स्वास्थ्य बिमाबाट बिमित
निर्माण सञ्चार, कर्णाली प्रदेश । तिला गाउँ कार्यपालिका सदस्य बाटु बुढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन् । सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमा बारे जान्ने उत्सुकता थियो ।

तपाईंको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधीलाई स्वास्थ्य बिमा कक्षा सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन ।

उनले भनिन, ‘स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु । बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनको लागि उत्प्रेरणा दिन्छु ।’

स्वास्थ्य शाखा तिला गाउँपालिकाले जनप्रतिनिधीलाई भेला गराएर स्वास्थ्य विमाका वारेमा सहजीकरण गरेपछि सवै प्रकारका अन्यौलता हटेको छ ।

तर बिमा गरेका परिवारका सदस्य उपचारका लागि आफूले रोजेको प्रथम बिन्दुको स्वास्थ्य संस्थामा पुग्दा औषधि नहुने गरेको गुनासो आएको थियो ।

जिल्लामा स्वास्थ्य बिमा गर्नेको लहर चलेको छ, तर बिमा कार्यक्रमले तोकेको औषधि उपलव्ध नहुदा खरिद गरेको औषधि प्रयोग गर्नु परेको जनप्रतिनिधीहरुले बताए ।

बिमाका फाईदा तथा पक्रिया दिने सेवा र निन्न आयस्तर भएका किन उपयोगी भन्ने बारे जुम्लाका सबै स्थानीय तहमा शिक्षा दिन जरुरी रहेको उल्लेख गरे ।

गाउँतिरका जनप्रतिनिधिदेखि स्थानीय स्वास्थ्य बिमा बारे अन्यौल छन् । त्यही अन्यौलता हटाउन बिमाका बारेमा स्पष्ट पार्न प्रत्येक स्थानीय तहमा अन्तरक्रिया गर्ने स्वास्थ्य बिमा कार्यक्रममा जिल्ला प्रबन्धक प्रेमकुमार भण्डारीले बताए ।

उनीहरुले बिमा गरेको परिवारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुमा सबै प्रकारका औषधिको प्रबन्ध मिलाउनको लागि माग गरे ।

स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य, सहभागिताका लागि दर्ता प्रक्रिया, सदस्यता दर्ता र सेवा सुरु हुने समय, कार्यक्रमको सुविधा योजना सम्बन्धी व्यवस्था, बिमामा उपलव्ध नभएका सेवा सुविधा, स्वास्थ्य सेवाको उपभोग, प्रेषणाको व्यवस्था र सोधपुछ तथा गुनासोको व्यवस्था लगायताका विषयमा सहजीकरण गरिएको थियो ।

कुनै पनि परिवार कार्यक्रमको सदस्य बन्न चाहेमा ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५ सय रुपियाँ तिर्नुपर्छ ।

परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको ४ सय २५ रुपियाँ रकम तिर्नुपर्छ ।

बिमा गरेपछि कस्मेटिक सर्जरी, सहायक यन्त्रहरु, ५ सय बढी मूल्यका चस्मा, दाँत उपचारका सेवाहरु, कृत्रिम गर्भाधानका सेवाहरु, व्यक्तिगत झै–झगडाका कारण, चोटकपटक लागि उपचार सेवा, मादक वा लागु पदार्थ सेवनका कारणबाट भएको दुर्घटनासम्बन्धी उपचार र गर्भपतनका सेवा सुविधा उपलव्ध गराइदैन ।

बिमा गरेवापत्त बिमा कार्ड उपलव्ध गराइन्छ । स्वास्थ्य बिमा गर्न प्रत्येक वार्डमा दर्ता सहयोगी राखिएका छन् । प्राप्त सेवालाई बढाउँदै लैजानु, स्वास्थ्य सेवा पाउनु पहुच बृद्धि गर्न र खर्च कम गर्न सघाउ पुर्याउनको लागि स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ ।

दर्ता सहयोगीलाई सम्पर्क गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग गर्न बिमा कार्यक्रम संयोजक प्रेम भण्डारीले जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य अवस्थालाई मजबुद बनाउनको लागि मद्धत पुगेको छ । यो अभियानलाई सार्थक निष्कर्षमा पुर्याउनको लागि सबैको हातेमालो आवश्यक छ ।’

बिमा गरेपछि १ हजार १ सय १८ प्रकारको औषधि निशुल्क पाइन्छ । कर्णालीका चार वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको छ ।

साविकको कर्णालीमा ३५ हजार ६ सय ४३ जनाले स्वास्थ्य बिमा गरेकोमा तिला गाउँपालिकाका १ सय ८५ घरधुरीका ९ सय १८ जनाले स्वास्थ्य बिमा गरेका हुन ।

जुम्लामा २०५३ जनाले स्वास्थ्य बिमा गरेकोमा ५४ लाख ६० हजार ४ सय २५ रुपियाँ संकलन भइसकेको छ । तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले स्वास्थ्य बिमा कार्यक्रमलाई पहुँचविहीन वर्गसम्म पुर्याउनको लागि सुुझाव दिइन ।

उनले भनिन, ‘बिमाले तोकेको सेवा सुविधा जुम्लामै पाउनु पर्ने व्यवस्थाका लागि सबैको पहल आवश्यक भएको बताइन । तिला गाउँपालिकामा ९ वटा वडा छन् ।

 

कर्णाली प्रदेशबाट सागर परियारकाे रिपाेर्ट 

...

आइतबार १६, वैशाख ०७५

प्रतिक्रिया

Related